दुई लाख नाघ्यो नेपालमा कोरोना संक्रमित


कार्तिक २६, २०७७, बुधबार | दिउँसो ०२:०५ बजे | 10


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख २ हजार ३ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ थपिए सँगै संख्या २ लाख नाघेको हो।
मन्त्रालयका अनुसार आज देशभर १ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा कूल १ लाख ६२ हजार २ सय ४३ जनाले कोरोना जितेका छन्। आज थपिएकासँगै देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संख्या १ हजार १ सय ७४ पुगेको छ।

Comments