यी हुनसक्छन् भक्तपुरका सहकारी डुव्नाका कारणहरु
असार १६, २०८१, शनिबार | विहान ०४:२७ बजे | 45
भक्तपुर । जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष धुर्व रायमाझीको सिगो ध्याँन जिल्लाका सहकारीहरुको खस्किदै गएको अवस्थालाई उठाउनेमा भन्दा बढी डुवाउनेमा केन्द्रित भएको देखिदै आएको छ । खासमा उनको गतिविधि विभिन्न राजनीतिक दलका नेताहरुलाई रिजाउने र उनीहरुकै आशिवार्दका भरमा आफू टिकिराख्ने सोचका साथ अघि बढेको देखिएको छ ।
राजनीतिक दलका नेताहरुलाई यो वा त्यो कारणले खुशी पारेकै भरमा संघको अध्यक्ष हत्याउन सफल भएका थिए उनी । त्यसैले होला उनका पछिल्ला गतिविधि पनि राजनीतिक दलका नेताहरुलाई खुशी पार्नमा नै आफ्नो सम्पूर्ण समय विताइरहेका छन् । संघमा समस्या थुप्रिदै गएको छ । तर, उनको ध्यान फेरी पनि संघको समस्या समाधानमा होइन, संघमा समस्याको पहाड खडा गर्नुमा नै केन्द्रित भएको छ ।
आफ्नै संस्थाबाट विभिन्त्र संघ–संस्थाले लगेको ऋण उठाउने संघको पहिलो दायित्व हो । तर, सो कुरालाई उनले पूरै वेवास्ता गर्दै आएका छन । बरु उल्टै ऋृणीसंगको मिलोमतोमा उनले व्यक्तिगत रुपमा आर्थिक उपार्जनको खेती संचालन गर्दै आएको सुन्नमा आएको छ । त्यही कारणले पनि संघले विभिन्न समयमा वितरण गर्दै आएको ऋण खराब ऋणमा परिणत हुने अवस्थामा आइपुगेको छ ।
उता, अध्यक्ष रायमाझी भने जिल्लाका राजनीतिक दलका नेताको फेरो समातेर सबै प्रकारका समस्यामा आँखा चिम्लिदै आएका छन् । उनले करिब एक महिना अघि जिल्लाको एक राजनीतिक दलका कार्यालयमा करिब एक लाख रुपियाँ बरोबरको फर्निचर व्यवस्थापन गरिदिएको समाचार वाहिरिएको छ । मनोनित जिल्ला कमिटीको सदस्य हुने र पछि सहकारीको इन्चार्ज हुने शर्तमा उनले ठेकेदारको सल्लाहमा फर्निचर व्यवस्थापन गरिदिएको स्रोतको दावी छ । त्यति मात्रै होइन, गएको चैत्र महिनामा सम्पन्न भएको संघको साधारणसभामा पनि उनले मनग्य पैशा खर्च गरेका थिए । जिल्ला सहकारी संघ भक्तपुरमा आवद्ध सहकारी संघ–संस्थाले बचत गरेको रकम फिर्ताका लागि लामो समयदेखि पटक–पटक संघको कार्यालयसमा ताकेता गर्दा पनि संघका संचालकहरुले चासो दिइरहेका छैनन । समस्यामा परेका पीडित संघ–सस्थाहरुको आवजको सुनवाईमा उनीहरुले अलिकति पनि गभ्भीरता देखाएका छैनन् । त्यति मात्रै कहाँ हो र ? संघ आफैले प्रवाह गरेको ऋण समेत उठाउन संघका संचालकहरुले चासो देखाएका छैनन् । यही अवस्था अब केही समय रहने हो भने संघ थला परेको समाचार सुन्न धेरै समय कुर्न पर्दैन । संघका संचालकहरुले आफैले प्रवाह गरेको ऋण उठाउने कुरामा किन उदासिनता देखाइरहेका छन् भन्ने गन्भीर प्रश्न उठ्न थालेको छ । संघका अध्यक्ष रायमाझीले नेताहरुको घर–दैलो चाहारेर कति दिनसम्म संघमा मौलाउदै आएको वेथिति छोप्न सक्छन् भन्ने प्रश्न उठ्न थालेको छ ।
संघले गौमाता दुग्ध उत्पादक सहकारीलाई एक करोड १५ लाख ऋण प्रवाह गरेको थियो । तर, सो ऋण उठाउनका लागि अहिलेसम्म पनि संघका संचालकहरुले थोरै पनि गँभीरता नदेखाएको वताइन्छ । जबकि संघले ऋण प्रवाह गर्दै आएको गौमाता दुग्ध उत्पादक सहकारीले सूर्यविनायकबाट आफ्नो कार्यालय समेत हटाएको लामो समय भैसकेको छ । संघले ऋण प्रवाह गरेको सहकारीको कार्यालय बन्द भएको लामो समय वितिसकेको छ । त्यसैले पनि पछिल्लो समय कतै संघका संचालक र ऋणीहरुबीचको मिलोमतोमा त यी सबै काम भैराखेको छैन भन्ने प्रश्नले यतिवेला ठाउँ पाइरहेको छ ।
स्रोतका अनुसार सहकारी संघका प्रबन्धक र एकजना सञ्चालिका पनि गौमाता सहकारीबाट ऋण लिएको देखिएको छ । संघका प्रबन्धक र संचालक आफैले ऋण लिएका कारण पनि संघले प्रवाह गरेको ऋण उठाउन संघले उत्सुकता नदेखाएको हो र प्रबन्धक घिमिरेले ०७८ पुस २६ मा २४ लाख रुपैयाँ गौमाताबाट ऋण लिएका थिए । अहिलेसम्म उनको व्याज करिब १० लाख पुगिसकेको छ । त्यसरी नै एक सञ्चालिकाले पनि सोही मितिमा २३ लाख ७० हजार ऋण लिएकी थिइन् । उनको पनि अहिलेसम्ममा व्याज मात्रै ८ लाख २० हजार २ सय १३ रुपियाँ पुगिसकेको छ ।
त्यसरी नै जग्गा कारोवारी चन्द्रमणी खरेलले पनि ०७८ असोज १९ गते २५ लाख ५० हजार ऋण लिएका थिए । उनको व्याज ११ लाख ५७ हजार ७ सय ५८ रुपैयाँ पुगेको देखिन्छ । त्यति मात्रै होइन, सहकारीबाट ऋण लिएका तर भाका नाघेको लामो समय वितिसम्दा पनि व्याज र साँवा कुनै पनि ऋण फिर्ता नआउँदा समेत किन संघले यसमा चासो नदेखाएको हो ?
संघको गएको चैत्रमा आएको नयाँ नेतृत्वले यसतर्फ किन चासो सरोकार नदेखाएको हो भन्ने प्रश्न सहकारीकर्मीहरुले सूर्यविनायका चोक गल्लीहरुमा हल्ला गर्दै हिड्न थालेका छन । यसमध्ये संघले ऋण प्रवाह गरेको सूमार्ग बचत तथा ऋणसहकारीलाई समस्याग्रस्त सहकारीको रुपमा सरकारले घोषणा गरिसकेको छ । तर संघको नेतृत्व थाह नपाए झै गरेर बसिराखेको छ । त्यसरी नै संघले ऋण प्रवाह गरेको ढोङमे कृषि सहकारी, पशुपति बचत तथा ऋण सहकारी, आवश्यक कृषि सहकारीलगायत रहेका छन ।
सहकारी संघको अध्यक्षमा ध्रुव रायमाझी गएको चैत्र महिनाबाट नेतृत्वमा आएका हुन । उनी संघले प्रवाह गर्दै आएको ऋण नउठ्दा पनि किन चुपचाप मौनता साँधेर बसिराखेका छन भन्ने सहकारीकर्मीहले प्रश्न उठाउन थालेका छन् । के लामो समय गुज्रिदा समेत ऋण उठाउन ताकेता नगरेर चुपचाप के कारणले राममाझीको टिम बसिराखेको छ ? के संघको संचालक र कर्मचारीले समेत सो सहकारीबाट ऋण लगेकोले संघले असुली गर्नमा चासो नदेखाएको हो ?
जिल्लामा रहेका सबै सहकारीहरुको अवस्थाकोवारेमा नियमन र निरीक्षाण गर्नुपर्ने जिम्मेवार निकाय जिल्ला सहकारी संघ अरु को त परको कुरा आफैले अर्थात आफ्नै सदस्य संस्थालाई प्रवाह गरेको ऋण समेत उठाउन पहल नगरिकन किन बसेको छ ? यस्तो नेतृत्वको संघले जिल्लाका अरु सहकारीहरुको कस्तो निरीक्षण र नियमन गर्ला त ? विश्लेषकबाट