आज असार १५ अर्थात् धान दिवस
असार १६, २०८१, शनिबार | विहान ०१:५० बजे | 5
आज असार १५ । यस दिनलाई धन दिवस भनेर मनाइने गरिन्छ । हाम्रो देश नेपाल कृषि प्रधान देश भएकाले यहाँ पुर्खादेखि नै असार १५ लाई दही चिउरा खाएर मनाउने पनि गरिन्छ । नेपालमा आजको दिन धान दिवस विभिन्न प्रकारले मनाइने गरिन्छ । आजको दिन एकफेरि मात्र भए पनि हिलो टेक्ने र खेल्ने भन्ने मान्यता रहेको छ । रोपाइँ गर्दागर्दै थाकेको अवस्थामा पोषण अनि शीतल प्रदान गर्न दही चिउरा पनि खाइन्छ आजको दिनमा ।
मुठ्ठी रोपेर मुरी फलाउने दिनका रुपमा चिनिने आजको दिनलाई विभिन्न ठाउँमा रोपाइँ गरी मनाउने गरिन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादन करिब ७ प्रतिशत धनले ओगतेको तथ्यांक छ ।
प्रस्तुति–रेशिका खड्का, यनुशा खड्का