ताथलीको चट्टान अभिलेखमा जाने कि ?


2024-06-28 05:07:22

News Image

भक्तपुरको चाँगनारायण नगरपालिका वडा नं ९ ताथलीमा नेपालकै पहिलो चट्टान अभिलेख छ । यहाँं रहेको दुई ठूला ढुङ्गालाई ठूलो ढुङ्गा र वासुकी ढुङ्गा नामले चिनिन्छ । त्यसैगरी अर्को ढुङ्गालाई ठूलो ढुङ्गा भने गरिन्छ । 
तीनओटा इतिहासिक ढुङ्गामा फरकफरक समयका मल्ल राजा र मूर्तिकारहरुले कुदेका पन्ध्र ओटा चट्टान अभिलेख भेटिएका छन् । मध्यकालीन समयमा ताथली दुई सताव्दी भन्दा पनि बढी समयसम्म युद्ध भूमिको रूपमा रहेको एतिहासिक प्रमाणहरूले पुष्टी गरेका छन् । 
ताथली वास्तवमै पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिने मानिन्छ । चट्टान अभिलेख ताथली गाउँ र छाप गाउँकोबीच सिमानामा रहेको छ । यो जंगलमा सुनसान भएकाले एक्लै नभई साथीहरसँंग जाँंदा उपयुक्त हुन्छ । यसलाई एक धार्मिकस्थलको रूपमा पनि लिने गरेको पाइन्छ । यसले ताथली र छाप दुई सिमाना छुट्याइएको छ । यो एक धार्मिकस्थल रहेको छ । यहाँ पुराना ढुङ्गाहरु पनि रहेका छन् । 
प्रस्तुति–रेसिका खड्का, यनुसा खड्का 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *