राम रुक्मणि ट्रस्टद्वारा जितपुरकाे मुसहर बस्तीमा विपन्न महिलाहरूलाई ८ सय सजिलाे प्याड वितरण
असार १२, २०८१, मङ्गलबार | दिउँसो ०१:१९ बजे | 20
काठमाडौंकाे हात्तीसारमा अवस्थित राम रुक्मणि ट्रस्टले मंगलबार जितपुर उपमहानगरपालिकाकाे वडा नं १८ काे गाेलघरमा एक कार्यक्रम आयाेजना गरि उक्त सजिलाे प्याड वितरण गरिएकाे हाे ।
ललितपुरकाे जावलाखेलमा रहेर नाैं दशक पार गर्नुभएका रामलाल श्रेष्ठले श्रीमती स्व: रूकमणी श्रेष्ठसहितकाे नाममा उक्त ट्रस्ट स्थापना गर्नुभएकाे थियाे । हाल उक्त ट्रस्टले विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आइरहेका छन् ।
ट्रस्टले तराईका ग्रामीणभेगका स्थानीय महिलाहरूमा महिनावारीकाे समयमा पुन:प्रयाेगहुने सजिलाे प्याड वितरण गरिएकाे जितपुर उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष चतुरबावु वाग्लेले बताउनुभयाे उहाँले केही समयमानै वडाले यस्ताे प्याड बनाउने तालिम दिएर यहाँका महिलाहरूलाई सक्षम बनाउने पनि बताउनुभयो ।
कार्यक्रममा एक्सपाेज नेपालका अध्यक्ष तथा नेपालका प्याडम्यान ज्ञान महर्जनले मुसहर बस्तीमा नेपालमै बनेकाे सजिलाे प्याडकाे उपयाेगीता बारे वर्णन गर्दै राम रूकुमणी ट्रस्टले पिछडिएका बस्तीमा सामाजिक तथा राम्राे काम गर्दै आएकाे बताए ।
त्यस्तै बालबालिका आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक नर्वदा अधिकारीले राम रूकुमणी ट्रस्टले बारा जिल्लका धेरै स्थानमा सामाजिक कार्य गरिरहेकाे तथा वर्षेनी विद्यालयहरूमा सहयाेग गर्दै आइरहेकाे बताइन् ।
कार्यक्रममा राम रूकुमणी ट्रस्टका प्रतिनिधी भक्तबहादुर श्रेष्ठ, रञ्जन निराैला, स्थानीय समाजसेवी मंगला थापा, रामेश्वर यादवलगाएतका रहनुभएकाे थियाे ।