भक्तपुरका चारवटा नपाका बजेट ः सवैभन्दा वढी थिमिको, कम चाँंगुको


असार ११, २०८१, सोमबार | दिउँसो ०१:१३ बजे | 175


भक्तपुरका चारवटा नपाका बजेट ः सवैभन्दा वढी थिमिको, कम चाँंगुको

भक्तपुर । भक्तपुरका चारवटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी बजेट मध्यपुर थिमि नगरपालिकाको रहेको छ । मध्यपुरको कुल बजेट तीन अर्व २१ करोड रहेको छ । मध्यपुरपछि दोश्रो वढी भक्तपुर नगरपालिकाको दुई अर्व ६६ करोड रहेको छ । तेश्रो वढी सूर्यविनायक नगरपालिकाको दुई अर्व २४ करोड रहेको छ भने सवैभन्दा कम चाँंगुनारायण नगरपालिकाको दुई अर्व ८ करोड रहेको छ । सोमबार जिल्लाका चारवटै नगरपालिकाहरुले एकदिनै विभिन्न समयहरुमा बजेट सार्वजनिक गरेका थिए । नगरपालिकाका उपमेयरहरुले बजेट सार्वजनिक गरेका हुन् । 

Comments