काठमाडौंलाई संसार चिनाउने गीत सार्बजनिक


2024-06-18 15:40:06

News Image

नेपालको राजधानी काठमाडौं सहरलाई अझ नजिकबाट संसारलाई चिनाउन गीत मार्फत गर्ने उदेश्यका साथ गीत सार्बजनिक गरिएको गायक कपिल कसपालले बताउनुभयो ! कवि तथा गीतकार उत्तम विचारको शब्द, सङीत रिमेश कुमार तथा स्वर कपिल कसपालको रहेको छ ! भिडियो संयोजन विनम्र थापाको रहेको छ ! गीत उत्तम बिचार युट्युब च्यानलमा रिलिज गरिएको छ ! गायक कपिल कसपालको यस्तै भक्तपुर गीत निकै चर्चित रहेको थियो ! काठमाडौंका मठमन्दिर, चैत्य, गुम्बा, नदी, ताल पुराना दरवार, रानीपोखरी र धरहरा लगायतलाई केन्द्रबिन्दु बनाएर काठमाडौं आफ्नो सम्पदा र संस्कृतिमा धनी रहेको र यसलाई प्रवर्द्धन गर्दै नेपाल तथा काठमाडौंको भ्रमणमा आउनका लागि आह्वान गरिएको छ गीत मार्फत ! कला सस्कृतीले ओतप्रोत भएको तथा पर्यटनसँग सम्बन्धित शब्द, संगीत र गीतले काठमाडौं पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गीतको टिमले अपेक्षा व्यक्त गरेको छ ! भक्तपुर ,काठमाडौं पछी उपत्यकाको अर्को एतिहासिक, पर्यटकीय तथा पुरातात्त्विक शहर ललितपुरको पनि गीत गाउने ठुलो धोको रहेको गायक कपिल कसपालले बताउनुभयो !

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *