नेपालमा फेमिनिस्ट विचार : एक द्वन्द


असार १, २०८१, शुक्रबार | दिउँसो ०२:१६ बजे | 0


नेपालमा  फेमिनिस्ट विचार : एक  द्वन्द

सुनील सापकोटा

कौशलटार , भक्तपुर मो. ९८४२०२६२३३ 
नेपाली फेमीनिस्टहरु एकातिर पुरुष सरह ब्यक्तिगत स्वतन्त्रता , समानता , हक र अधिकारको कुरा गर्छन् ( पश्चिमेली स्त्रीहरुको जस्तै गर्भको अधिकार पनि चाहन्छन ) भने अर्कोतिर कुनै स्त्रीले उसले चाहे अनरुपको कुनै बुढो वा अरु नै कुनै अर्को पुरुष सङ प्रेम गर्न , बहु बिवाह र अनमेल बिबाह गर्न पाउने कि न पाउने ? तर हाम्रो नेपाली समाजमा येस्तो बहु बिबाह र अनमेल बिबाहको कानुनी मान्यता पनि छैन र शायद फेमिनिस्टहरु पनि येस्तो स्वतन्त्रता चाहदैनन् जस्ले गर्दा फेमिनिस्टहरु कै बिचारमा द्वन्द भएन र ? जबकि यूरोप , अमेरिका , अस्ट्रेलि यातिर आफ्नो बेहतर जीवन ब्यतित गर्न त्यहाँका तरुणिहरु पद ,पैसा र प्रतिस्ठा लागी बुढो सङ पनि बिबाह गर्दै आइरहेका छन । स्त्रीजातिको डिएनएमा बलियो शक्तिशाली पुरुष चयन गर्ने कुरा समाबेश छ । यो एउटा नग्न बायोलोजीकल तथ्य हो । मानवमा होस चाहे जिवजन्तुमा मादा ( फिमेल ) ले हमेशा तागतवर नर ( मेल ) जस्ले उसलाई सुरक्षा दिन्छ , त्यसलाई लाई चाहन्छन , चाहे त्यो बुढो नै किन नहोस् । फेरि वायलोजिकल तथ्य के हो भने पुरुष बुढो भएपनि स्वस्थ हुन्जेल यौन ( सेक्स ) क्षमता राख्छ । सन्तान पनि जन्माउन सक्छ तर स्त्रीले महिना वारी ( ४०/५० बर्ष ) सम्म मात्र उस्को यौन चाहना र प्रजनन हुन्छ । हाम्रो पूर्वीय सभ्यतामा पनि सत्य युगमा ८०/८२ बर्षको बुढो शिवजीले पनि १६ बर्ष कि पार्वतीको चाहना लाई कदर गरि उनको सुन्दरतामा मोहित भएर बिहे गर्नु भएको थियो । त्यस्तै द्वापर युगमा रुक्मिणिले ५५ / ६० बर्षको कृष्णलाई , सुभद्राले ६० बर्षको अर्जुनलाई र भारतमा ३६ बर्षको पृथ्वी राज चौहानलाई १६ बर्षकि संयोगीताले र अमेरिकामा पूर्व रास्ट्रपति क्यानेडिको श्रीमतीले बुढो धनी ओनासिस लाई मन पराएर बिहा गरेकी थिइन । त्यसैले मेरो विचारमा स्त्री वा नारीहरुले जब गर्भ को अधिकार कानुनी रुपमा खोज्छन भने नेपाल मा बहुबिबाह र अनमेल बिबाह सम्बन्धी डन्ड कानुनी ब्यवस्था हटाउनु पर्छ होला । नभए नारी को आधुनिक ब्यक्तिगत स्वतन्त्रता कुन्ठित हुँदैन र ?

Comments