उज्यालो
असार १, २०८१, शुक्रबार | विहान ०३:२९ बजे | 20
तुल्सी नारायण लाखेमरु
सु.न.पा.–०८, जगाती
नेपालमा एक जना बालक जन्म हुँदा चन्द्र सूर्य उढेको अन्धकार हट्ने भने जस्तै दुधिय बालकको सन्देश दरवार देखि गाँउ शहरहरुको घर घरमा धनि गरिव सबैमा अर्ति बुद्धि कहि सिप नलाग्ने होइन नैतिकवान व्याक्ति सुन सरह हुन्छ, हिरा सरह हुन्छ । सुन र हिरा कहिल्यै बुढा हुदैन, स्वाभिमान हुन्छ । सगरमाथा जस्तै अडिक र अटल हुन्छ । असल काम गर्ने हिरा सुन समान हुन्छ । अमेरिकाको सोह्रौ राष्ट्रपति अब्रहम लिङ्कनले हजारौँ मान्छे बिग्रे पनि त्यति समस्या हुदैन तर शासक वर्गको एक जना नेता मासु र भातमा बिग्रपछि देशै रहदैन । विदेशीको लहलहैमा पर्दै देशै बर्वाद हुन्छ । त्यस्तै एक जना पाईलट सन्टुलन नभएको खण्डमा हजारौँ यात्रीहरु अनाहकमा ज्यान जान्छ । त्यसै एक जना जहाज क्यापटेनको विचार ठिक ठाँउमा नभए हजारौँ मात्र होइन देश नै कोलाहल हुन्छ । देशमा सहि विचार, नेतृत्व दायी भूमिका खेल्नको अर्थ सरसमान हुन्छ । देशै हराभरा हुन्छ । एक राष्ट्र बाट अर्काे राष्ट्रमा पुलको काम गर्छ र विचार र सिद्धान्तले एक आपसमा भूमिका बाढ्छन् । देशमा राम्रो काम गर्ने हुन्छ । एक विद्वानले देश नै विद्वान बनाउँछ । गाँउ शहरमा अभिभावकको सोच संस्कार सन्तुलन नभए साराको परिवार विचलन हुन्छ । जस्तै नुन विनाको तरकारी माया विनाको समाज, समाज नै रहदैन । त्यसैले सजन धन धैर्यता हो, असल मान्छेहरु पनि चिन्नु हो । अहंकार धेरैको ठुलो दुश्मन हो । त्यसैले सुन सिक्रीलाई पनि माटोमा परिणत हुन्छ । मान्छे एक पल्ट जोख्ने सुन एक पल्ट र एउटा वाक्यले दिमाग सफा हुन्छ । एउटा गितले पनि हृदय सफा हुन्छ, खुसि हुन्छ । गायकारको संगितले आनन्दमय हुन्छ , महत्वपूर्ण हुन्छ । त्यसैले डाक्टरको गुण धेरै हुन्छन् । इन्जिनियरहरुको पनि ज्ञान सिप अप्रियहारी छ । गाँउ शहरमा सानो छिमेकिको गल्तिपनि सहन पर्छ । छिमेकीको देश राम्रो नहोस् भनेर चिन्तन गुर्न हुदैन । त्यसैले आमाबुवा घर सुनको घर भनिन्छ । छाप्रो घर भए पनि आफ्नै गाँउघर राम्रो हुन्छ । हामी कहाँबाट आएको सहि विचार राम्रो चिन्तनले राम्रो फल पाउछ । सहि विचार मार्गदर्शन सिद्धान्तले देश अगाडि बढ्छ । सिद्धान्त विना राजनितिले देशलाई फिजी बनाउँछ, श्रीलंका बनाउँछ । २–३ दशकमा पुर्खाले सृजेको सम्पति हाम्रो कला र संस्कृति । कहाँ गएर हाम्रो सम्पति जोगाउने हो । संविधानमा समाजवाद नाम उन्मुख छ, सगरमाथा चढनेको नाम उच्च छ । बिच बाट ओर्लिने निच छ । नागरिकता विद्येक कसरी पास भयो, एम एम सि सि कसरी पास भयो । सपथग्रहणको बेलामा नेपालमा अहित हुने काम कहिल्यै नगर्ने बाँचा गर्छन । सहि विचार सहि शिक्षा कहिले लिने हो । आफ्नो हातमा हिरा हुन्जेल हिराको अर्थै सम्झदैन, अरुको हात पुगे पछि गुहार गुहार भने पनि कसले सहयोग गर्छर । भिरबाट लड्ने गाईलाई राम राम मात्र भन्छ काढ थाप्न को आउछर । आखिर पास गर्ने कांग्रेस, एमाले र माओवदि छ दलको नेताहरु समेत हो । गाई राम्रो थुनले, भण्डारी राम्रो नुनले, मान्छे राम्रो गुणले ।