सकियो भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८१


जेठ ३०, २०८१, बुधबार | दिउँसो ०१:१० बजे | 100


सकियो भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८१

भक्तपुर । संगीत ग्राम गुरूकुल नेपाल प्रोजेक्ट ‘सुरिलो भक्तपुर’ भक्तपुरको प्रस्तुति “भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८१” बुधबार भक्तपुरमा सम्पन्न भएको छ ।
विभिन्न कलाकार, वाद्य वादक, गायक गायिकाहरुद्वारा प्रस्तुति दिइएको कार्यक्रम भक्तपुर मिवाछेंमा अवस्थित एभरेस्ट स्कूलमा अपरान्हको पाँंच बजेदेखि सुरु भएको थियो । ।
संगीत ग्राम गुरूकुल नेपालले सांस्कृतिक संगीत, मौलिक संगीत, लोक संगीत, फ्युजन संगीत, शास्त्रीय संगीत तथा नयाँ युवा पुस्ताका मौलिक गीत संगीत सम्वर्द्वन, प्रवर्द्वन र प्रदर्शन गर्ने हेतुले सो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
फोटोग्राफी र भिडियोग्राफी पार्टनर एस जिजीएन, टिभी पार्टनर भादगाउँ टिभी र लक्ष्मी मिठाई भण्डारको सहयोग रहेको छ ।
कार्यक्रमलाई बज्र बुटिक होटल, बिग ब्याग्स प्रा लि, सिद्धि स्मृति प्रतिष्ठान, बिक्की गोसाई, निक भुजिसिक हाउजिङ्ग प्रालिले प्रायोजन गरेको छ ।
प्रवेश शुल्क निःशुल्क थियो । कार्यक्रमको सभापति आयोजक संगीत ग्राम गुरूकुल नेपालका अध्यक्ष सुनिल लोहलाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी थिइन् । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छें, वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेल, शिक्षाविद् रामगोपाल कर्माचार्य, एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, वरिष्ठ गायक रवि हाडा, देवचन्द्र बज्राचार्यलगायतका व्यक्तित्वहरु अतिथिका रुपमा रहेक थिए । 

Comments

ताजा खबर