भक्तपुरका इन्दुलजी
कार्तिक २३, २०७७, आइतबार | विहान ०६:५९ बजे | 70
पदम दाहाल
के चन्द्रमा इन्दुल हौ र हार ?
कि राधिका कृष्ण कृपा अपार ?
बजाउँंदै गाउनमा प्रसिद्ध
समाजसेवाप्रति छौं कि सिद्ध ?
साहित्यका साधक धीत दामी
संङ्लोपना राष्टियता जवानी ।
अमेल विच्छिसित छौ प्रहार
बर्साँउँंछौ बाण हजारबार ।
भावज्ञ ! भ्रष्टोन्मुखका अगाडि
विषाद् व्याधा विषदन्त बाढी ।
अड्नै नसक्ने नगरेर कर्म
सन्धान सन्धेय उदात धर्म ।
नयाँ—ंनयाँं चिन्तन चाह नौला
बोकेर बान्की मृदु मार्ग हौला ।
चौतर्फका सोच फुराउँंछौ कि ?
आलोक भै लोक सजाउँंछौ कि ?
बष्स्कझै जाँंगरिला उनासी
भक्तालु भक्तैपुरका निवासी !
योगेश होइनौ, वन योगधारी
कि प्राज्ञ हौ प्राज्ञिक प्राणधारी !
Ò
(यो कविता एक अर्काका दृष्टि दुई व्यक्तिका कृति किताबबाट उद्घृत )