सहकारी व्यवस्थापन तालिम सम्पन्न
जेठ २७, २०८१, आइतबार | दिउँसो ०१:१६ बजे | 35
वाकुपति नारायण बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक एवं सहकारी सदस्यहरूमाझ शनिबार सहकारी व्यवस्थापन तालिम सम्पन्न भयो। औपचारिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष न्छुछे राम प्रजापतिले संस्थाको विगतका बारे प्रष्ट पार्नुभयो। कार्यक्रमका संयोजक श्रीकृष्ण सुवालले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो। उहाँले सहकारीको उन्नतिमा समाजको महत्वपूर्ण भूमिका हुने र सहकारी संस्थाहरू सुशासनमा चल्नुका साथै सदैव समाजप्रति उत्तरदायी हुने कुरा प्रष्ट पार्नुभयो। साथै चन्द्रागिरी साकोसका सह कार्यकारी अधिकृत स्रोत व्यक्ति कविन्द्र धोबन्जारले सहकारी व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभयो। दिनभरि चलेको प्रशिक्षण कार्यक्रममा सहकारीको इतिहास र समाजमा सहकारीको भूमिकाबारे प्रशिक्षण दिनुभयो । सहकारी संस्थाले अनिवार्य रुपमा पालना गर्नुपर्ने सहकारी मापदण्डहरू र वित्तीय प्रणालीहरूबारे प्रशिक्षण दिनुभयो। प्रविण कासुलाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजकले स्रोत व्यक्तिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...