खोकी ज्वरो आए तुरुन्त अस्पताल आउनू ः चिकित्सक


कार्तिक २२, २०७७, शनिबार | दिउँसो ०३:२४ बजे | 25


भक्तपुर । कोभिडको उपचारमा संलग्न चिकित्सकहरुले केही दिन लगातार खोकीज्वरो आए तुरुन्त अस्पताल आउन अपिल गरेका छन् । सरकारले भने जस्तै बेहोस भएपछि मात्रै अस्पताल आउनु जतिको मूर्खता केही नभएको उनीहरुले बताए ।
युवाहरुको समूह कम्पासको आयोजनामा स्याक्रिफाइस्, करेज एण्ड क्यापासिटी अफ फ्रन्टलाइन हिरोज् एण्ड इन्ष्टिच्युसन अफ नेपाल टु कम्व्याक्ट कोभिड १९ विषयमा शनिबार भएको वे भिनारका वक्ताहरुले कोभिडबारे अझै सचेत हुनुपर्ने खाँंचो औल्याए । टेकु अस्पतालका ट्रपिकल मेडिसिनका चीफ कन्सल्ट्यान्ट डा अनुप बास्कोटाले अहिलेसम्म पनि आफूले पीपीई लगाएर सुरक्षाका साथ काम गरिरहेको बताए । विरामीसँंग नजिक पुगेर चिकित्सकले सेवा दिंदा विरामीको आत्मबल वढ्ने र त्यो नै निको हुने प्रमुख औषधि रहेको बताए ।
कोभिडको फष्ट केश आफूले हेरेको चर्चा गर्दै उनले उहानबाट आएको विरामी पहिलो पटक नेपालमा माघको १० गते संक्रमित भनेर थाहा भएको जनाए । अस्पतालले त्यतिबेलादेखि नै शंकास्पद संक्रमितका विरामीको हेरचाह गर्दै आएको उनले बताए । अहिलेसम्म ६ सय १९ जना विरामीको उपचार टेकुले गरेको उनले जनाए ।   
वीर अस्पताल आइसीयूका कोभिड १९ नर्स ज्योति हमालले रेश्की छ भनेर भाग्नु भन्दा पनि हेल्थ क्राइसिस भएको बेला उद्धार गर्नु आवश्यक भएको बताइन् । आफू पनि संक्रमित भएर निको भई सेवामा अनवरत रुपमा लागिरहेको उनले बताइन् । देशको लागि आवश्यक भएको बेला सेवा गर्न पाउँदा आफूलाई आफनो पेशाप्रति गर्व महशुश भएको बताइन् ।
फ्रन्टलाइन स्काउट न्हुज किजूले केही गरौ भन्ने भाबनाका साथ आफू नेपालमा लकडाउन भएदेखि नै सेवामा लागेको सुनाए । कति बुढाबुढीले पैसा अभाबका कारण उपचार गर्नमा समस्या परेको चर्चा गर्दै उनले स्वास्थ्य र शिक्षालाई निशुल्क बनाउन सके उतम हुने बताए । पहिलो पटक आफूहरुले स्याम्पल काठमाडौं पुयाउने कामबाट सुरु गरेको र अस्पताललाई किट ल्याइदिने काम सुरु गरेको बताए । कार्यक्रमपछि प्रश्नोउतर, छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रमको मेडियटरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाई रहेका थिए ।

Comments