ख्वप बचतद्धारा ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर
जेठ २६, २०८१, शनिबार | विहान ०६:५९ बजे | 65
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. स्वास्थ्य उपसमितिको आयोजना तथा भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोगमा २०८१ जेष्ठ २६ गते भक्तपुर ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । स्वास्थ्य शिविर कार्यक्रममा नाक, कान, घाँटी ,दन्त तथा सुगरको निःशुल्क परीक्षण गरियो । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै भक्तपुर नपा वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले शिक्षा स्वास्थ्य र सम्पदा संरक्षणमा निस्वार्थ सेवा गरिरहेको चर्चा गर्दै शैक्षिक ऋण दिई विद्यार्थीहरुलाई उच्चो शिक्षा दिलाउन हौसला प्रदान गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य सेवा अन्तरगत भक्तपुर नपाबाट ख्वप अस्पतालको स्थापना गरी सस्तो शुलभ तरिकाले स्वास्थ्य परीक्षण, विरामीलाई निःशुल्क अक्सिजन र रगत वितरण तथा घर घरमा नसिंङ्ख सेवा सञ्चालन गरिरहेका बताउनु भयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले संस्थाका हरेक सदस्यहरु तथा टोलबासीको स्वास्थ्यलाई मध्यनजर गरि ब्यासी टोलमा स्वास्थ्य शिविर आयोजना गरेको बताउनु भयो ।
कार्यक्रममा समाजसेवी गणेशप्रसाद सुवालले प्रत्येक नागरिकले स्वास्थ्यलाई धन सम्झी नियमित स्वास्थ्य परिक्षण गर्न आवश्यक छ । ख्वप साकोसले स्वास्थ्य शिविर आयोजना गरेकोमा आभार प्रकट गर्नुभयो । ।
ख्वप साकोसका कोषाध्यक्ष तथा स्वास्थ्य उपसमितिका संयोजक लक्ष्मीनारायण सुवालले संस्थाको वार्षिक कार्ययोजनानुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउन ुभयो ।
निःशुल्क स्वास्थ्य परीक्षणमा नाक कान घाँटी तर्फ डा.बेलु कायष्ठ, दन्त परीक्षणमा डा. सविना बासुकला र रेजा कवाँ ,सुगर परीक्षणमा भक्तपुर नपा वडा नं २ का नर्स ग्रेसा कर्माचार्य र अर्का लायव टेक्नीयसियन मञ्जु ब्यान्जूले सुगर परीक्षण तथा स्वास्थ्य स्वंयम सेविकाहरु बबी मैया कवाँ , रोजिना बासुकला र सुजिना दुवालले स्वास्थ्य परीक्षणमा सहजीकरण गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा नाक कान घाटीमा ११४ जना , दाँत परीक्षण ८४ जना सुगर परीक्षण १५६ जनाले र रक्तचाप परिक्षण १६० जनाले गरेका थिए ।