भक्तपुर जिल्ला लिग फुटबल ः दिव्यश्वरी पराजित
जेठ २४, २०८१, बिहीबार | दिउँसो ०२:२८ बजे | 25
भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को विहीबारको खेलमा फरि रेआले विजयी भएको छ । दिव्यश्वरी युवा समाजलाई दुईका विरुद्ध तीन गोल गरी नतिजा आफनो पक्षमा पार्न सफल भएको हो । प्रतियोगितामा म्यान अफ दी म्याचमा फरि रेआलेका विक्रम श्रेष्ठ घोषित भएका छन् ।