विनायक शिक्षा निकेतन मध्यपुर थिमि नगरपालिका कप २०८१ को फाइनलमा
जेठ २४, २०८१, बिहीबार | दिउँसो ०१:३१ बजे | 20
मध्यपुर युथ एसोसिएसनको आयोजना र मध्यपुर थिमी नगरपालिकाको प्रायोजनमा भइरहेको सातौँ मध्यपुर थिमी नगरपालिका कप २०८१ अन्तर्गत आज भएको सेमिफाइनल खेलमा विनायक शिक्षा निकेतनले अर्बिट स्कुललाई ६-० ले पराजित गरी मध्यपुर थिमी नगरपालिका कप २०८१ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। गत वर्ष २०८० को विजेता बिनायक शिक्षा निकेतन यो भन्दा अगाडि २०७६ सालको पनि विजेता हो भन्ने २०७३ र २०७५ सालको उपविजेता भएको जानकारी पनि गराइन्छ ।
फाेटाेमा हेर्नुहाेस्...