सकियो कर छुट तथा सहुलियत व्यवस्था सम्बन्धी अन्तरक्रिया


जेठ २४, २०८१, बिहीबार | दिउँसो ०१:०४ बजे | 65


सकियो कर छुट तथा सहुलियत व्यवस्था सम्बन्धी अन्तरक्रिया

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्स र आन्तरिक राजस्व कार्यालय भक्तपुरको संयुक्त पहलमा जिल्लाका उद्यमी व्यवसायीहरुको एक भेला आयोजना भयो । आन्तरिक राजस्व कार्यालय भक्तपुृरको सभा कक्षमा भएको उक्त भेलामा आर्थिक विधेयक २०८१ ले गरेका विशेष छुट तथा सहुलियतहरुका बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरिनुका साथै सहभागीहरुबीच अन्तरक्रिया समेत भएको थियो ।
उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले राज्यले व्यवस्था गरेका ऐन नियमहरु लगायत समयसमयमा प्रदान गरिने छुट तथा सुहलियतका व्यवस्थाहरुका बारेमा समयमै व्यवसायीहरुलाई सुसुचित गरी सहजिकरण गर्ने कार्यमा भक्तपुर चेम्बर अफ कमर्स कृयाशिल रहदै आएको बताउनु भयो । यसै गरी वहांले व्यवसायी मैत्री कर प्रणालीलाई बढावा दिएको खण्डमा व्यवसायीहरु स्वस्फूर्त रुपमा करको दायरामा आउन प्रेरित हुने कुरामा पनि जोड दिनु भयो । 

सोही अवसरमा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले आर्थिक विधेयक २०८१ ले गरेका छुटका विषयहरुमा प्रस्तुतीकरण गर्नुहुंदै समयमै राजस्व लगायत विवरण बुझाउने व्यवसायीले समस्या भोग्नु नपरेको बताउनु भयो । साथै विविध कारणबाट समयमै करको दायरामा आउन नसकेका व्यवसायीलाई सहजिकरण गरी करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालय भक्तपुर तत्पर रहेको पनि बताउनु भयो । 

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका सदस्यहरु, नगर चेम्बरहरु, महिला चेम्बर, युवा चेम्बर, विभिन्न वस्तुगत संघसंस्थाका प्रतिनिधिहरु लगायत अन्य उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

सकियो कर छुट तथा सहुलियत व्यवस्था सम्बन्धी अन्तरक्रिया
सकियो कर छुट तथा सहुलियत व्यवस्था सम्बन्धी अन्तरक्रिया

Comments