मध्यपुर थिमी नगरपालिकालाई पोटरी हब बनाउने


जेठ २३, २०८१, बुधबार | दिउँसो ०३:०७ बजे | 60


मध्यपुर थिमी नगरपालिकालाई पोटरी हब बनाउने

भक्तपुर ः जिल्लास्थित मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) का टोलीबीच बुधबार भेटघाट भएको छ । 
नगर प्रमुख श्रेष्ठ र बीसीसीआईकी अध्यक्ष रोशनीमैयाँ धौबन्जा नेतृत्वको पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सम्मिलित टोलीबीच मध्यपुर थिमी नगरपालिका कार्यालयमा भेट भएको हो । बीसीसीआई टोलीलाई स्वागत गर्दै प्रमुख श्रैष्ठले मध्यपुर थिमी नगरपालिकालाई पोटरी हब बनाउने योजनाका साथ नगरपालिका अगाडि बढिरहेको बताए । उनले नगरपालिका क्षेत्रमा हुने हरेक विकास निर्माण कार्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै जिल्लाका उद्योगी, व्यवसायीहरुको छाता संगठन भक्तपुर उद्योग वाणिज्य संघसँग सहकार्य र समन्वय गरी अगाडि बढ्न नगरपालिका तयार रहेको बताए । उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला संस्कृति लगायतका क्षेत्रमा गरिरहेका असल अभ्यासहरु बारेमा जानकारी गराएका थिए । 
भेटको क्रममा बीसीसीआईका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले मध्यपुर नगरपालिका क्षेत्रको व्यवसायिक कृषिको विकास तथा प्रवद्र्धन, निर्यातमुखी हस्तकलाको विकास तथा प्रवद्र्धन एवं दिगो पर्यटन विकासका लागि नगरपालिकाले गर्नुपर्ने कार्यहरुको विषयमा सुझाव दिए । उनीहरुले नगरपालिकाले कर वृद्धि होइन, करको दायरा बढाउनु पर्ने भन्दै उद्योगी व्यवसायीहरुबाट कर संकलन गर्न उद्योग वाणिज्य संघ सहयोग गर्न तयार रहेको बताए । साथै उनीहरुले नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट एवं नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने विषयमा सल्लाह र सुझावहरु दिएका थिए । अध्यक्ष धौबन्जाले नगरपालिकाको कृषि, हस्तकला र पर्यटन क्षेत्रमाको विकासका लागि आगामी दिनमा नगरपालिका र संघबीच सहकार्य गरी गर्न सकिने कार्यक्रमहरुको प्रस्तावना प्रमुख श्रेष्ठलाई पेश गरेकी थिइन् । 
सो अवसरमा प्रमुख श्रेष्ठले अध्यक्ष धौबन्जालाई मायाको चिनो प्रदान गरेका थिए भने संघको तर्फबाट अध्यक्ष धौबन्जाले प्रमुख श्रेष्ठलाई संघले प्रकाशन गरेको स्मारिका, बुलेटिन र टेबुल क्यालेन्डर प्रदान गरेकी थिइन् ।  

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमी नगरपालिकालाई पोटरी हब बनाउने
मध्यपुर थिमी नगरपालिकालाई पोटरी हब बनाउने

Comments