भोलि नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा )


जेठ २३, २०८१, बुधबार | विहान ०५:११ बजे | 10


भोलि नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा )

नारायणमान वनमाला
ऐतिहासिक भक्तपुर नगरको प्रसिद्ध जिवित रुपमा पुजिने मातृ सताब्धि कालको ईतिहासिक किबदन्तिलाई मानव समाजमा दिशाबोध गर्ने आधारलाई मानेर श्री नवदुर्गा देवगण जात्राको यस वर्षको देवालि पुजा (स्वं छा) अर्थात देवगणको कुल देवता पूजा एतिहासीक परम्परा अनुशार हरेक वर्षमा पूजिने देवाली पूजाबाट रितितिथि परिकारको भोजन, मानव शरिरमा आवश्यक पोषण खाना, सरसफाई प्रकृति संग सामाना गर्ने आधार शक्ति प्राप्त हुने सन्देसको रुपमा देवाली पूजा गर्ने परम्परा रहेको नवदुर्गा देवगणको देवाली पूजा बाट प्रष्ट देखीन्छ । वर्ष भरिमा हरेक चुनौतिहरु संग सामना गर्न शुस्वास्थ रहन परिवारहरुको मिलन रहने कुल शान्ती रहोस भनि आशाका साथ यस बर्षको देवाली पुजा आज २०८१ जेठ २४ गते विहिवारको दिनमा श्री नवदुर्गा मन्दिर गछँे स्थित सम्पूर्ण देवगणहरुको जिम्मेवारीका साथ विहान देखि विभिन्न फुलको तोलन (स्वं खचा) बनाएर अति रंगिचंगी फुलको माला र दिवाली पुजाको सम्पुर्ण साधान भोज सामाग्रीहरु तयार गरि व्यस्त रहि देवाली पूजा सम्पन्न गरिन्छ साथै यस वर्षको देवगणहरुले वर्ष भरि विभिन्न परिकारहरुको भोजन पश्चात दिवाली दिनमा ऐतिहासिक परम्परा अनुसार आफ्नो घर परिवार बाट घरमा साफा शुद्ध गरि मुल पुजा साधाण तयार गरि प्रत्येक एक देवगण ले वलीको रुपमा भाले चढाउनु पर्नेुको साथै आफ्नो क्षमता अनुसारको नित्य कर्मको साधना गर्दै पुजा शुभारम्भ हुने गर्छ । पुजा तयारी क्रममा विहान देखि मन्दिरको चाकमा सरसफाई का साथ देवताको मुकुन्दो हरु चोक मा विराजमान गरिन्छ ।सोहि लगतै देवगणहरुले पुजा साधान मन्दिर भित्रयी क्रमस खी वाजा तं बाजा कंसबाजा भैरव महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, दातिम्हा पोमी, झिम्हा पोमी गणेश,ब्रम्हाायणी,महेश्वरी, भद्रकाली, गर्दै अन्तिममा मन्दिरको पुजारी –नकी) बाट मुलपुजा चढाई अन्तिम बली थुम्हा  भेडा बली दिइने चलन रहेको छ । पुजा गर्ने क्रममा भैरव काली बाराही तीन जना देवगण ले सेतो जामा (घाजीनं) पहिरण गरि मन्दिरको चोक मा देवताहरुलाई फुलको मालाले झिलीमिली गर्दे क्रमश पुजा गरिन्छ । साथै दिनभरिको पुजा ऐतिहासिक किवदंति रहेको छ भने कुनै बेला बर्षा नहुदा खेरी नवदुर्गाको देवाली पुजाको दिन देखि मनसुन बर्षा हुने जनविश्वास पनि रहेको छ । नेवार जातिको सास्कृतिक परम्परा अनुसार वर्षको एक दिन सुस्वास्थ र आफ्नो गरेको काम सफलता मिलोस दिन दसा राम्रो होस भनि देवाली पुजा गर्ने परम्परा मातृ सताप्ति काल देखि नवदुर्गा देवगण बाट सुरु भएको देवाली पुजा दिसा बोध गरेको देखिन्छ । साथै सोहि दिन देवगणका सम्पूर्ण परिवार हर्ष उलास का साथ प्रसाद ग्रहण गरिन्छ । देव गण हरुको भनाइ अनुसार वर्ष भरि देवताको प्रसाद ग्रहण गरेको देवाली पुजाको दिनमा पुर्ण तयार गरि देवतालाई चढाई खाएको मुक्त हुने र फलीफाप हुने भनाइ रहको छ ।विभिन्न परिकार मध्य अण्डा ,बारा, चतामारी,जाड रक्सी, सम्हेबजी, मासुको परिकार , गोजा , अछेता, फुलका मालाहरु, फलफुल परिकारहरु, सतुङको डल्लो सम्पूर्ण परिकार चढाउनु पर्ने व्यवहारिकता छ ।यस वर्षको नवदुर्गा देवगणको जात्रा पनि अन्तिम चरणमा आठ दिन पश्चात दरवार क्षेत्र इछु टोलमा माछा मार्ने जात्रा २०८१।०२।३२ गते सम्पन्न गरिन्छ । त्यस पश्चात आठ दिन पछि तलेजु मुलचोकमा सिं जा नकेगु (अन्तिम भोज) असार ११ गते कालरात्रीको दिनमा नाच सम्पन्न गरिन्छ । सोही लगतै २०८१ असार १५गते शनिबार भलभल अस्टमीको दिनमा भक्तपुर नगर परिक्रमा गरि वडा नम्वर ९ ब्रमायणी पीठमा न्याखिं बाजा को साथमा मुकुन्दो जालाउने(जले विज्याकेगु) गरि यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न गरिन्छ ।आशा छ यस नगर तथा सम्पुर्ण भक्तजनहरु देवाली पुजा कायक्रममा दर्शन गर्न आउने आशा र नवदुर्गाको ऐतिहासिक परम्परा बारे जानकारी गराउन आफ्नो क्षेत्र स्थानीय तह सम्वन्धित निकाय बाट आवश्यक सहयोग को आशा एवं विश्वास गर्दै भक्तपुर नगरपालीकाको सांस्कृतिक धरोहरलाई जोगाई पहिचान रहने विश्वास दिलाउन चहान्छु ।
(लेखक बनमाला नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार हुन् । 

फाेटाेमा हेर्नुहाेस्...

भोलि नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा )
भोलि नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा )

Comments