थिमि युथ क्लव सेमिफाइनलमा प्रवेश
जेठ २२, २०८१, मङ्गलबार | साँझ ०४:१२ बजे | 25
भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को खेलबाट सेमिफाइनलमा प्रवेश सुरु भएको छ । मंगलबारको खेलबाट थिमि युथ क्लव ६ अंकका साथ सेमिफाइनलमा प्रवेश पाएको हो । थिमिले मध्यपुर जागरुक युवा क्लवलाई २ एकले पराजित गरेको थियो ।