दोश्रो दिन पनि किन भयो पाइपलाइनमै बजार अनुगमन ?


जेठ २२, २०८१, मङ्गलबार | दिउँसो १२:३४ बजे | 85


दोश्रो दिन पनि किन भयो पाइपलाइनमै बजार अनुगमन ?

भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मंगलबार पाइपलाइनमा दोश्रो दिन पनि बजार अनुगमनलाई निरन्तरता दिई १५ वटा पसल अनुगमन गरियो । अधिकांश पसल नविकरण नभएको बताउनुभयो ।
अनुगमनमा एल्बिन नेवारी खाजा घर नविकरण गर्ने, विशेष किराना पसल नविकरण गर्नुपर्ने, तराजु नविकरण नभएकोले जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई म्याद नाघेको सामानहरु जिरा कुकिज विस्कुट २ पाकेट, मारी विस्कुट १ पाकेट, चिकेन सुप ५ पाकेट, सेभेन अप जम्बो १, सगरमाथा जाम ३ वटा, पेश्टा २ पाकेट, दालमोठ, पोटाटो स्न्याक, कुरकुरे गरी आधा झोला जफत गरी नष्ट गरियो । त्यस्तै सुबोध शर्माको टेलर्स तीन दिन भित्र दर्ता गर्न, कुमार स्टोर नविकरण गर्न, तराजु नविकरण गर्न र म्याद नाघेको सामानहरु मसला वल १६ पाकेट, कुरुम चिउरा २ पाकेट, स्प्राइट ५०० मिलिलिटरको ११ वटा जफत गरी नष्ट गरियो । त्यस्तै सिता किराना पसल दर्ता नविकरण नदेखिएकोले तीन दिन भित्र कार्यालयमा नविरकरण गरेको कागजात सहित उपस्थित हुन निर्देशन दियो । मिना कर्मचार्यको किराना पसल दर्ता नविकरण नदेखिएकोले तीन दिन भित्र कार्यालयमा नविरकरण गरेको कागजात सहित उपस्थित हुन निर्देशन दियो भने तराजु नविकरण गर्न र म्याद नाघेको सामानहरु जम्बो ड्यू २ वटा, ड्यु ५०० मिलिलिटरको ६ वटा, पप खजुरी ३ पाकेट, क्यान जुस २ पाकेट, मेथि पाउडर ६ पाकेट, सौर्य बदाम ५ पाकेट, मुगि दालमोठ ५ पाकेट जफत गरि नष्ट गरियो ।  रिकिम व्यटि पार्लर दर्ता नविकरण प्रमाणपत्र पसलमा नभएकोले सो कागजात सहित तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने म्याद नाघेको सामानहरु मसाज क्रिम र फ्रेस वास र क्रिमहरु एक झोला जफत गरि नष्ट गरियो । 
१५ वटा पसल अनुगमन गर्दा ५ वटा पसल दर्ता नभएकोमा १० वटा नविकरण नगरेको पाइएकोले नविकरण गरेको कागजात सहित नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनका सदस्य श्यामकृष्ण खत्री, रिता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख न.नि. दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी व्याञ्जू, उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी रहेको थियो ।

Comments