मध्यपुर युनाइटेड र बृहस्पति युवा क्लवको खेल गोलरहित बराबरीमा
जेठ २२, २०८१, मङ्गलबार | विहान ०२:५३ बजे | 25
भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को सोमबारको खेल बराबरीमा टुंगिएको छ । मध्यपुर युनाइटेड फुटबल क्लव र बृहस्पति युवा क्लवको खेल गोलरहित बराबरीमा टुंगिएको हो । प्रतियोगितामा म्यान अफ दी म्याच मध्यपुरका राजु तामांग घोषित भए ।