नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिबेशन सम्पन्न
जेठ २१, २०८१, सोमबार | विहान १०:१२ बजे | 50
You sent
नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम तथा ऐतिहासिक अधिबेशन सम्पन्न भएको छ। प्रदेश खेलकुद बिकास परिषद , बाग्मती प्रदेशका सदस्य सचीव सुर्य लाल भण्डारीको प्रमुख आथिथ्य , प्रदेश खेलकुद बिकास परिषद , बाग्मती प्रदेशका सदस्य धन कुमार मैनाली आथिथ्य तथा संघका केन्द्रिय अध्यक्ष अच्युत खनाल, सचीव दिनेश बजगाई लागाएतको विशेष उपस्थितीमा,पाटन क्याम्पस ,ललितपुरमा सम्पन्न भएको हो।
अधिबेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्य समितीको गठन गरेको छ वरिष्ठ उपाध्यक्ष मा समन घिमिरे उपाध्यक्षमा सुमन कट्टेल,सन्तोष सापकोटा , बिकास लामा महासचिव मा साजन देउजा सचिव मा बिमल कार्की , सह- सचीव मा माईकल प्रजा कोषाध्यक्ष मा अनिश बानियाँ र सदस्यमा राम दाहाल ,सफल तामाङ ,शंकर तिवारी,आरती लामा,बिपिन कुइकेल,रमेश कुमार कार्की, बिनोद महर्जन , रिमा रसाइली, बिभुशा बजगाई र सन्जिब भट्टराई चयन भएका हुन । केन्द्रिय सचीव बजगाईका अनुशार समिति निर्माण प्रादेशिक संरचनामा गैसकिसकेको र अब प्रत्येक जिल्लामा यसको बिस्तार सहित खेल मैदान निर्माणमा जुट्ने छन।
स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए। नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भएपनि यसको आकर्षण र फाइदा भने निकै रहेकोले यसको सम्भाब्यता र बिकासमा लाग्नुपर्ने कुरामा पनि वक्ताहरुको बिशेष जोड रहेको थियो। हाल सम्म ५ वटा प्रदेश र ४४ वटा जिल्ला प्रादेशिक संरचना अनतरगत गैइसकेको केन्द्रिय सचिव दिनेश बजगाईले जानकारी गराउनु भयो।
फाेटाेमा हेर्नुहाेस्...