सिलादेवीको भनाई ः सञ्चालक भाग्दै छ भन्नु भ्रामक


जेठ २१, २०८१, सोमबार | विहान ०६:०९ बजे | 0


सिलादेवीको भनाई ः सञ्चालक भाग्दै छ भन्नु भ्रामक

भक्तपुर । भक्तपुरको जगातीस्थित सिलादेवी कृष सहकारी संस्था लिमिटेडले संस्थाको विषयमा अनर्गल प्रचार भएको भन्दे खेद व्यक्त गरेको छ । संस्थाले विज्ञप्ति प्रकाशित गरी निक्षेपकर्ताहरुको निक्षेप जोखिममा परेको र सञ्चालकहरु भाग्न लागेको भनेर हल्ला फैलाइएको भन्दै त्यसमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ । 
बाँंकी विज्ञप्तिबाट 
विगत १२ वर्षदेखि सहकारी मूल्य मान्यता र प्रचलित सहकारी ऐन नियम–विनियम अनुसार संचालित यस सिलादेवी कृषि सहकारी संस्था लि. आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरी आजको समयसम्म संचालित हुंदै आइरहेको ब्यवहोरा सम्वन्धित सबैमा बिदितै छ । हजारौं सदस्य एंव शुभेच्छुकको विस्वास, आशा र भरोसाको प्रतिविम्ब बनेको यस संस्थालाई विश्व परिवेश र नेपालमा निम्तिएको आर्थिक मन्दी र बजारमा देखापरेको तरलताको अभावले प्रत्यक्ष प्रभाव परेको तितो यथार्थता हामीमा अवगत नै छ । आर्थिक मन्दी र तरलताको अभावको प्रत्यक्ष असर यस संस्थाबाट प्रवाह भएको ऋण तथा व्याजको असुली अत्यन्तै कम भएको घर जग्गाको खरिद विक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्ति समेत शुन्य प्राय भएको कारणले संस्थाले हाम्रा निक्षेपकर्ताको निक्षेप फिर्ता र व्याजको भुक्तानी नियमानुसार गर्न नसकेको प्रति क्षमाप्रार्थि छौ ।
संस्थाको यस प्रतिकूल अवस्थामा समेत हाम्रा शेयर सदस्य एंव निक्षेपकर्ताले दर्शाउनु भएको धैर्यता र सहानुभूतिले हामीलाई आगामी दिनमा निक्षेपकर्ताको निक्षेपको सुरक्षा प्रत्याभूती दिन थप हौसला र साहस बढेको छ । संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको समयमा यसलाई नै आधार बनाएर विभिन्न संचार माध्यम अनलाइन मिडिया र बजारमा समेत संस्थाको मान मर्यादा र साखमाथि धावा बोल्ने प्रयास भएको सबै निक्षेपकर्ता शेयर सदस्य शुभेच्छुकहरुले महशुस गर्नुभएकै छ । यस वीचमा संस्थाका संचालकहरूको नाम जोडेर निक्षेपकर्ताको निक्षेप जोखीममा र संचालक भाग्दै छ भन्ने भ्रामक र कल्पित समचार प्रेषित गरेकोमा त्यसप्रति हामी संचालक सदस्यको तर्फबाट खेद प्रकट गदछौं ।
संस्थाको यस विषम परिस्थितीमा शेयर सदस्य निक्षेपकर्ता र शुभेच्छुकको आशा भरोसा माथि धावा बोल्ने यस प्रकारको कार्यको हामी घोर भर्त्सना गर्दछौँ र प्रतिबाद गर्दछौ । आर्थिक मन्दी र तरलता अभावको कारण निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न हामीले अत्यन्त महत्वपूर्ण र कठोर निर्णय गरेका छौ ं। निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश प्रलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको संचालकबाट कदापी हुने छैन यस प्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपील गदछौं ।
अन्त्यमा हाम्रा समस्त निक्षेपकर्ता एवं शेयर सदस्यहरुको निक्षेप सुरक्षित गर्न हामीले संस्थाबाट प्रवाह भएको ऋणको असुली, ऋणीहरूको नाममा रहेको विभिन्न कम्पनीको शेयर एंव जग्गामा शेयर वितरण गर्ने एंव कम्पनीको नाममा रहेको घर जग्गा विक्री वितरण गरी यथाशिघ्र छिटो र संम्भव भएसम्म यही वर्षको अन्त्यसम्ममा निक्षेप सुरक्षित गर्ने मूल अभियानमा लागेको हुदाँ सो समय सीमासम्म हाम्रा निक्षेपकर्ता शेयर सदस्यहरुलाई केही समय धैर्य धारण गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।
निक्षेपकर्ताको निक्षेप सुरक्षित किसिमले अवतरण गर्ने कार्यको रुपमा महसुस एंव ग्रहण गरिदिनु हुन समेत हामी हार्दिक अनुरोध गर्दछौं ।

Comments