भोलिदेखि भक्तपुरमा उपत्यकाव्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता


जेठ १७, २०८१, बिहीबार | विहान ०७:४२ बजे | 50


भोलिदेखि भक्तपुरमा उपत्यकाव्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता

भक्तपुर । नेपाल तेक्वान्दो संघ भक्तपुर जिल्ला तेक्वान्दो संघले डोजाङ र विद्यालयहरुमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुलाई प्रोत्साहन तथा हौसला दिनको लागि र राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले जेठ १८ र १९ गते उपत्यकाव्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे जिल्लाका डोजाङहरुबाट खेलाडीहरु सहभागी हुने जनायो ।
दुई दिन चल्ने प्रतियोगितामा पुरुष जुनियरतर्फ क्रमशः २० के.जी. मुनि, २२ के.जी. मुनि, २४ के.जी. मुनि, २७ के.जी. मुनि, ३० के.जी. मुनि, ३३ के.जी. मुनि, ३६ के.जी. मुनि, ३९ के.जी. मुनि, ४२ के.जी. मुनि, ४६ के.जी. मुनि, ५० के.जी. मुनिका गरी जम्मा ११ समूह हुनेछ ।
पुरुष सिनियरतर्फ क्रमशः ५४ के.जी. मुनि, ५८ के.जी. मुनि समूहका लागि जम्मा २ समूह हुनेछ ।
महिला जुनियरतर्फ क्रमशः २२ के.जी. मुनि, २५ के.जी. मुनि, २८ के.जी. मुनि, ३१ के.जी. मुनि, ३४ के.जी. मुनि, ३७ के.जी. मुनि, ४० के.जी. मुनि, ४३ के.जी. मुनि, ४६ के.जी. मुनिका गरी जम्मा ९ समूह हुनेछ ।
महिला सिनियरतर्फ क्रमशः ४९ के.जी. मुनि, ५३ के.जी. मुनिका गरी जम्मा २ समूह हुनेछ ।
पुम्सेतर्फ पुरुष १२–१४ वर्ष क्यडेट, १७ वर्ष मुनि पुरुष, सिनियर पुरुष र महिला १२–१४ वर्ष क्याडेट, १७ वर्ष मुनि महिला, सिनियर पुरुष र महिलाको पुम्से हुनेछ ।
प्रतियोगिता गेरोगीमा पुरुष र महिला समूहमा २४ वटा र पुम्सेमा पुरुष र महिला समूहमा ६ वटा गरी जम्मा ३० वटा स्वर्ण पदकको लागि खेलाडीहरु सहभागी भएको पत्रकार सम्मेलनमा जनाइयो । 
आयोजक संघका अध्यक्ष श्याम तजलेले प्रतियोगिता . डोजाङहरुबाट खेलाडीहरु सहभागी भएको जानकारी गराए  । प्रतियोगितामा टिम प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको उनले जनाए । गेरोगीमा पुरुष र महिला र पुम्सेतर्फ पुरुष र महिलामा ३२ जना गरी जम्मा दुई सय ३७ जना खेलाडीहरु सहभागी हुने प्रतियोगिता संयोजक बालकृष्ण साँंदले बताए । प्रतियोगिता भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्शमा हुने छ । प्रतियोगिताको उदघाटन सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटराई, वडा अध्यक्ष पुष्पराज बस्नेतलगायतको आतिथ्यतामा हुने जनाइयो ।  

फाेटाेमा हेर्नुहाेस्...

भोलिदेखि भक्तपुरमा उपत्यकाव्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता
भोलिदेखि भक्तपुरमा उपत्यकाव्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता

Comments