कोभिडबारे शनिबार वे भिनार हुने


कार्तिक २०, २०७७, बिहीबार | विहान ०९:२६ बजे | 25


काठमाडौं । स्याक्रिफाइस्, करेज एण्ड क्यापासिटी अफ फ्रन्टलाइन हिरोज् एण्ड इन्ष्टिच्युसन अफ नेपाल टु कम्व्याक्ट कोभिड १९ विषयमा शनिबार वे भिनार हुने भएको छ । युवाहरुको समूह कम्पासको आयोजनामा हुने वेभिनारमा तीन जना व्यक्तिहरुले आआफनो धारणा राख्नेछन् ।
टेकु अस्पतालका ट्रपिकल मेडिसिनका चीफ कन्सल्ट्यान्ट डा अनुप बास्कोटा, वीर अस्पताल आइसीयूका कोभिड १९ नर्स ज्योति हमाल र फ्रन्टलाइन स्काउट न्हुज किजूको विशिष्ट आथिथ्यतमा कार्यक्रम हुन लागेको हो । शनिबार साँंझ ५ बजे अनलाइनमार्फत् हुने कार्यक्रममा तीन जना बिशिष्ट ती व्यक्तित्वहरुले आआफनो धारणा राख्नेछन् । साथै कार्यक्रमपछि प्रश्नोउतर, छलफल तथा अन्तरक्रिया पनि हुने आयोजकले जनाएको छ । कार्यक्रमको मेडियटरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाई रहनेछन् ।

Comments