बाबा सहकारीद्धारा बिस्तारित मञ्च कार्यक्रम आयोजना


जेठ १३, २०८१, आइतबार | दिउँसो १२:०१ बजे | 85


बाबा सहकारीद्धारा बिस्तारित मञ्च कार्यक्रम आयोजना

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधर चोक बाँयरिला मार्गस्थित बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा संस्थाको हालसम्मको आर्थिक, सामाजिक गतिविधिबारे जानकारी दिने उद्देश्यले विस्तारित मञ्च कार्यक्रम आयोजना गरियो । संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य तथा भूमि प्रशासन मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशमा करिब ७ हजार सहकारी रहेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले समूदायमा आधारित सहकारीले शेयर सदस्यहरुका लागि आयआर्जन हुने, रोजगारी सिर्जना गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने कार्यमा स्थानीय, प्रदेश र संघीय सरकारले जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले केही व्यक्तिका कारण सहकारीमा यदाकदा समस्या देखिएको भन्दै समग्र सहकारी आन्दोलन बाट सबैको आर्थिक उन्नति र सामाजिक विकास हुने तर्क गर्नुभयो । कार्यक्रमकी विशेष अतिथि सूर्यविनायक नगरपालिकाकी उपप्रमख सरिता भ¤राईले सहकारीले सबैलाई बचत गर्न सिकाएको र सानो पुँजीलाई जम्मा गरेर आयआर्जन गर्न सकिने तरिका सिकाएको भन्दै बाबा साकोसको हालसम्मको आर्थिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्य र शिक्षाका कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । बाबा साकोसका अध्यक्ष ज्ञानराम श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक उत्थान, स्वास्थ्य सचेतना, शिक्षा विकासदेखि व्यक्तित्व एवं नेतृत्व विकासका कार्यमा निरन्तर कार्य गरिरहेको जानकारी दिनुभयो ।  बाबा सहकारीको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थाका व्यवस्थापक ज्ञानेश्वर कायस्थले बाबा साकोसको स्थापनादेखि हालसम्मको आर्थिक, सामाजिक, शैक्षिक एवं अन्य कार्यहरुको बुदाँगत जानकारी दिदैं शेयर पुँजी ५ करोड २९ लाख भन्दा बढि पुगेको तथ्य प्रस्तुत गर्नुभयो । व्यवस्थापक कायस्थले १ हजार ५ सय १५ जना शेयर सदस्य पुगेको र संस्थामा हाल करिब ३० प्रतिशत तरलता रहेको जानकारी दिनुभयो । व्यवस्थापक कायस्थले संस्थामा १२ किसिमका बचत, १२ प्रकारका ऋण सम्बन्धि बुदाँगत जानकारी पनि दिनुभयो । कार्यक्रममा मध्यपुर थिमि नपा सहकारी शाखा प्रमुख अभेयन्द्र रञ्जित, संस्थाका सचिव ज्ञानहरि श्रेष्ठ, कोषाध्यक्ष प्रेमरत्न मानन्धर लगायतका वक्ताहरुले सहकारीको सिद्धान्त, उद्देश्य, महत्व सहित आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो । स्थानिय यचु पार्टी भेन्युमा भएको उक्त विस्तारित मञ्च कार्यक्रममा बाबा साकोसका कर्मचारी गंगाराम श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा उत्कृष्ट कारोबारकर्ता, ऋणी, बचतकर्ता लगायतका शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

बाबा सहकारीद्धारा बिस्तारित मञ्च कार्यक्रम आयोजना

Comments