केन्द्रीय मानन्धर संघको कार्यक्रममा दुई स्रष्टा सम्मानित
जेठ १३, २०८१, आइतबार | विहान ०५:३७ बजे | 50
केके मानन्धर
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले दुई जना सांगीतिक स्रष्टाहरुलाई सम्मान गरेको छ । संघले नेपाली र नेपालभाषाको सांगीतिक क्षेत्रमा करिव ३ दसक योगदान दिएका वरिष्ठ संगीतकर्मी रामप्रसाद मानन्धर र उत्तरा लक्ष्मी मानन्धरलाई सम्मान गरेको हो । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको मानन्धर सांगीतिक तथा सांस्कृतिक साँझ ११४४ मा ती स्रष्टालाई लाइफ टाइम एभिमेन्ट अवार्डबाट सम्मान गरेको कार्यक्रमका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जनाए । सम्मानित भएका स्रष्टाहरुले रेडियो नेपालमा आवाज परीक्षण उत्तीर्ण गरी थुप्रै गीतसंगीत सिर्जना गरेका छन् ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कला, संस्कृति, बाजागाजासँगै नगरबासीको जीवनस्तर सुधार गराउन सीप विकास, उद्यमशीलता र व्यक्तित्व विकासको क्षेत्रमा महानगरले प्राथमिकता दिएको बताए । ‘हामीले नगरबासीको सीप विकास गराएर सीपलाई बेचेर आर्थिक उपार्जन गराउनको लागि सामुदायिक संस्थासँग सहकार्य गरेर काम गरिरहेका छौं । नगरबासीको जीवनस्तर सुधार गर्नको लागि महानगरले थुप्रै योजना ल्याएका छौं ।’ प्रवक्ता मानन्धरले बताए । हुनपनि काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा स्कूल विद्यार्थीदेखि खुल्ला आह्वान गरी आम नागरिकलाई प्लम्बिङ, हाउस वायरिङ, इलेक्ट्रीसियन, व्युटी पार्लर तथा अन्य सीप विकासको लागि काम गरिरहेको छ ।
संघका नवनिर्वाचित सभापति सुवर्ण मान मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समुदाभित्रका चर्चित गायक, नृत्यांगना र कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर, ललितपुर महानगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष अमीर महर्जन, गीतकार प्रकाश साय्मि, महानगरपालिका सामाजिक विकास विभागका वरिष्ट अधिकृत सुनीता श्रेष्ठ तथा समुदायभित्रका सयौं महानुभावहरुको सहभागिता थियो । कार्यक्रममा राष्ट्रकै गहना रुपी कलाकारहरुलाई संघले प्रोत्साहन दिएको विषयमा चर्चा गरिएको थियो ।
कलाकारिता प्रस्तुति गर्ने कलाकारहरु निम्न छन् ।
गायनतर्फः
सत्यनारायण मानन्धर, सुमन शेखर मानन्धर, सरस्वती मानन्धर, रामकुमार साय्मि, सुजल मानन्धर, सिरिस मानन्धर, सुरज कुमार मानन्धर, सुरेन्द्र मानन्धर, सविना मानन्धर, सुरेश मानन्धर, लजना मानन्धर, गौतम दास मानन्धर, विनोद मानन्धर, सज्जु मानन्धर, राजकुमार मानन्धर, सोहन मानन्धर, गौरी शंकर मानन्धर र विजय नारायण मानन्धर
नृत्यतर्फः
सिचु मानन्धर, आर्सिया मानन्धर र हनी मानन्धर
प्रहसनतर्फः
सुरेन्द्र मानन्धर, शुभलक्ष्मी मानन्धर, सुरेश मानन्धर र राजु मानन्धर
वाद्यवादनतर्फः
थँहिटी मानन्धर गुठी (सुरज मानन्धर र टिम)
फाेटाेमा हेर्नुहाेस्...