भक्तपुर सांगीतिक समाजको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अल्बर्ट बज्राचार्य
जेठ १३, २०८१, आइतबार | विहान ०५:०३ बजे | 85
भक्तपुर, जेठ १२ । भक्तपुर सांगीतिक समाजको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन शनिबार सिद्धि स्मृति प्रतिष्ठान हलमा सम्पन्न भएको छ। आज सम्पन्न दोश्रो साधारणसभाका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले भक्तपुरमा पनि संगीतकर्मीहरुको समूह रहेको र सो समाजले राष्ट्रिय स्तरको सांगीतिक कार्यक्रमहरुपनि गर्दै आएको सुन्न पाउँदा खुशी भएको बताईन्। कार्यक्रममा समाजले चर्चित गायक कुम्ह सागर न्हुछें लक्ष्मी मुनंकर्मी युवा पुरस्कार-२०८० र बाँसुरीवादक यजु आचार्यलाई न्हुछें लक्ष्मी मुनंकर्मी युवा पुरस्कार-२०७९ मार्फत सम्मान गरिएको थियो। भक्तपुरबाट सांगीतिक क्षेत्रमा उदाउदै गरेका यी युवा कलाकारद्वयले थप हौसला प्रदान गर्नका लागि सो सम्मान गरिएको हो। सो कार्यक्रममा समाजका सल्लाहकारद्वय वरिष्ठ साहित्यकार धुर्व मधिकर्मी, वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेल, वरिष्ठ गीतकार शिव प्रसाद मुनंकर्मी, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी मैया धौबन्जा, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष रामप्रसाद खर्बुजा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। समाजका कार्यसमिति सदस्य शम्भुचरण राजभण्डारीले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको आर्थिक प्रतिबेदन कोषाध्यक्ष रोशन धौभडेल प्रस्तुत गरेका थिए, सभापतित्व समाजका अध्यक्ष प्रविण शाहीले गरेका थिए। आजै सम्पन्न समाजको प्रथम अधिवेशनमार्फत अल्बर्ट बज्राचार्य सांगीतिक समाजको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस राज बोहरा, कोषाध्यक्षमा श्रीहरि दाहाल र कार्यसमिति सदस्यहरुमा रोशन धौभडेल, श्रीजल मधिकर्मी, अनिता आचार्य, रशिल शाक्य, हरि सुन्दर लाखे श्रेष्ठ, रामहरी ताम्राकार, किरण सुवाल र रविन थापा निर्वाचित भएका थिए। निर्वाचन समिति तर्फ़ संयोजकमा वरिष्ठ गीतकार हरिहर तिमल्सिना र निर्वाचन सदस्यद्वय तुल्सी घेमोसु, दिपेन्द्र कुमार थापाले सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न सहयोग गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...