व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम
जेठ ७, २०८१, सोमबार | दिउँसो १२:४७ बजे | 40
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा उद्यमी व्यवसायीहरुका लागि एकदिने कर शिक्षा कार्यक्रम सञ्चालन भयो । आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत श्री दिलिप कुमार गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सहभागी उद्यमी व्यवसायी र प्रमुख कर अधिकृत बीच करका विविध समसामयिक विषय वस्तुका बारेमा अन्तरक्रिया भएको थियो ।
सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री कविदास श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नु हु“दै कर शिक्षा कार्यक्रमबाट व्यवसायीले लाभ लिएको महसूस गर्नु पर्ने, अन्जानमा भएका त्रुतीहरुलाई सहज ढंगबाट संशोधन गर्न सकिने व्यवस्था हुनु पर्ने, व्यवसायीलाई राजस्वमा राहत सुविधा उपलब्ध हुनु पर्ने, उधारो हिसाव व्यवस्थापनमा स्पष्ट नीति तय हुनु पर्ने जस्ता विषयमा धारणा राख्नु भएको थियो ।
यसै गरी कार्यक्रममा विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं संस्थाका सल्लाहकार श्री रोशन भोयद्योले राजस्व नीतिमा हुनु पर्ने संशोधनका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सले गर्दै आएका प्रयासहरुका बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री सुरेन्द्र तुबन्जा श्रेष्ठले स्थानीय क्षेत्रमा व्यवसायीले भोग्दै आएका समस्याहरुलाई नीति निर्माण गर्ने तहसम्म पु¥याउनमा चेम्बरले विशेष भूमिका खेल्ने बताउनु भयो । साथै व्यवसायीले राजस्व सम्बन्धीका परिवर्तित व्यवस्था अनुसार हिसाव कितावहरु चुस्त दुरुस्त राख्ने क्षमता विकास गर्नु पर्ने जस्ता विषयमा जोड दिनु भयो ।
कार्यक्रमकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्समा गत चैत्र १ गतेदेखि शुरु भई ३ हप्तासम्म सञ्चालन भएको लेखा, कर तथा इ फाइलिंग सम्बन्धी तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत श्री दिलिप कुमार गौतमले प्रमाण पत्र वितरण गर्नु भएको थियो । धन्यवाद ।
फाेटाेमा हेर्नुहाेस्...