सकियो १० दिने उद्घोषण तालिम
जेठ ४, २०८१, शुक्रबार | दिउँसो १२:२५ बजे | 65
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ मरुटोलस्थित पलिष्था पुचः द्धारा आयोजित १० दिने उद्घोषण तालिम सम्पन्न भयो । २३ जना महिलाहरुको सहभागीता रहेको उक्त तालिम मध्यपुर थिमि नपा ४ वडाको लागत साझेदारीमा आयोजना गरिएको कार्यक्रम संयोजक सम्झना श्रेष्ठले जानकारी दिनुभयो । जनआदर्श क्याम्पसको सभाहलमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि मथिनपा ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले तालिममा सिकेको सिप र ज्ञान व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्दै व्यक्तित्व र नेतृत्व विकासका तालिममा पनि वडाले आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा मथिनपा ४ का नगर सभा सदस्यहरु रामकेशरी श्रेष्ठ, मदन ख्या श्रेष्ठ, उमेश बोडे श्रेष्ठ, स्थानीय समाजसेवीहरु देवबहादुर बज्राचार्य, श्याम बहादुर पमा श्रेष्ठ लगायतले शिष्ट अनि सभ्य भाषामा बोल्न सिक्नु र जान्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । प्रशिक्षक शिरोमणि दवाडीले प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिनु भएको उक्त उद्घोषण एवं क्षमता अभिवृद्धि तालिम फलदायी भएको कार्यक्रम संयोजक सम्झना श्रेष्ठले बताउनु भयो ।