योगमाया राष्ट्रिय सम्मान समर्पण तथा कृति लोकार्पण


असार २३, २०८३, मङ्गलबार | विहान ०६:४४ बजे | 20


योगमाया राष्ट्रिय सम्मान समर्पण तथा कृति लोकार्पण

काठमाडौँ। योगमाया दिवसको अबसरमा योगमायाका नामका दुई सम्मानहरु समर्पण गरियो । नेपाल स्रष्टा समाजद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट निनु चापागाईँ सम्मानित भए । उक्त सम्मानहरु अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे,श्रीओम श्रेष्ठ ‘रोदन’पवन आलोक,रेखा कँडेल राजेश न्यौपाने लगायतले समर्पण गरे ।यी दुबै सम्मानमा नगदराशी ५० हजार एकसय एक रुपैयाँ सहित सम्मानपत्र रहेको छ । प्रमुख अतिथि रोचक घिमिरेले सम्मान अर्पण गर्दै भने,’निरंकुशताका विरुद्ध संघर्ष गर्ने योगमाया विलक्षण व्यक्तित्व थिइन। सबला नारीको रुपमा उनले समाजका विकृति विरुद्ध खेलेको भूमिका अतुलनिय छ । आज सम्मान पाउने उचित पात्रको चयन गरेर नेपाल स्रष्टा समाजले आफैं सम्मानित भएको छ । नेउपाने बन्धु समाज,संस्थापकहरु प्रति धन्यवाद । सम्मानितद्धयलाई बधाई ।’ यसैगरी सोही कार्यक्रममा योगमाया न्यौपानेको बारेमा लेखिएका लेख रचनाहरुको संगालो ‘योगमाया इतिहासदेखि बर्तमानसम्म’ को लोकार्पण गरियो । यो कृतिका सम्पादक प्रदीप सापकोटा र प्रकाशक न्यौपाने बन्धु समाज नेपाल रहेका छन् । सम्मानित स्रष्टा ठकुरीले पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको बताईन् । अर्का सम्मानित व्यक्तित्व चापागाईँले दुरीको हिसावले योगमाया र आफु जन्मेको ठाउँ धेरै टाढा नभएपनि धेरै पछि मात्र योगमायाको बारेमा थाहा पाएको भन्दै उनले भने,’ योगमायाको बारेमा अझै धेरै कुरा खोजी हुुनुपर्छ । पुरस्कार संस्थापक पवन आलोक,अर्का संस्थापक राजेश न्यौपानेले योगमायाको योगदान आजपनि उत्तिक्कै सान्दर्भिक भएको बताए । सम्मानित व्यक्तित्वहरुको बारेमा इल्या भट्टराईले चर्चा गरिन् । कार्यक्रममा न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपाने,श्रीओम श्रेष्ठ रोदन,गायिका लोचन भट्टराई,प्रदीप सापकोटा,प्रकाश घायल,गोपिकृष्ण न्यौपाने लगायतले मन्तव्य राखे ।

Comments