घण्टा र घण्टीको प्रभाव
असार २२, २०८३, सोमबार | साँझ ०५:३९ बजे | 90
डा इन्दुल केसी
देवालय, शिवालय मन्दिरहरुमा
ठूलो आवाजमा, टङ्ग–टङ्ग घण्टा बज्छ
भक्तजनहरुको मनमन्दिरमा टिङ्ग–टिङ्ग घण्टी बज्छ ।
घण्टा र घण्टी दुवैको, हाम्रो समाजमा
सकारात्मक प्रभाव पर्ने गर्छ ।१।
राष्ट्रको ढुकुटी सोर्ने भ्रष्टहरुको दूरदिन शुरु भयो
कोही देशै छोडी पलायन, कोही लुकी लुकी दुलोमा पस्यो ।
सुरिलो घण्टीको सकारात्मक प्रभाव देखिन थाले
बन्द भएका कलकारखानाहरु चल्न थाले
आयात निर्यातको सन्तुलन हुने लक्षण देखियो
सुकुम्बासीहरुको गाँस बासका व्यवस्था हुने भयो रे ।२।
टिष्टा काँगडा, कालापानी लिपुलेक हाम्रो हाम्रै हुने
विदेशिएकाहरु, स्वदेशमा नै फर्की काम गर्ने भो रे
नेपाली नेपालीको बिचमा सद्भाव र एकता बढ्ने
विकासउन्मुख राष्ट्र, विकासतर्फ लम्किने
जनताको अत्यावश्यक कुरा पुरा नभए
पुनः यो देश विध्वंसमा पर्ने भए ।३।
