भक्तपुर नगरपालिकाका प्रथम मेयरको निधन


असार २३, २०८३, मङ्गलबार | दिउँसो ०२:०४ बजे | 1010


भक्तपुर नगरपालिकाका प्रथम मेयरको निधन

नगरपालिकाद्वारा श्रद्धाञ्जली

भक्तपुर — भक्तपुर नगरपालिकाका प्रथम मेयर रत्नसुन्दर सायञ्जुको असामयिक निधनप्रति भक्तपुर नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

नगरपालिकाले जारी गरेको शोक–सन्देशमा स्वर्गीय सायञ्जुको निधनबाट भक्तपुरले एक अनुभवी, समर्पित तथा दूरदर्शी नेतृत्व गुमाएको उल्लेख गरिएको छ। उहाँले भक्तपुर नगरपालिकाको प्रथम मेयरका रूपमा नगरको विकास, सुशासन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ।

शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

भक्तपुर नगरपालिकाका नगर कार्यपालिकाको कार्यालय, व्यासी–२ द्वारा जारी उक्त सन्देशमा “पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति” भन्ने नगरपालिकाको मूल नारालाई स्मरण गर्दै स्वर्गीय रत्नसुन्दर सायञ्जुको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ।

Comments