एमाले भक्तपुर अधिवेशन ः को होला जिल्ला अध्यक्ष ?


जेठ ३, २०८१, बिहीबार | दिउँसो ०३:३५ बजे | 75


एमाले भक्तपुर अधिवेशन ः को होला जिल्ला अध्यक्ष ?

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । दुईदिने अधिवेशनको उदघाटन पार्टी महासचिव शंकर पोखरेलले गरे । 
अधिवेशनसँंग जिल्लाले नयाँं पार्टी नेतृत्व पाउने भएको छ । यसका लागि एमाले जिल्लास्तरका मात्रै नभई केन्द्रिय तह नै जोडघटाउमा लागेका छन् । 
विशेष गरेर एमाले भक्तपुरमा हालीमुहाली चलाइरहेका पूर्वमन्त्री, पूर्व सासद् एवं पार्टी केन्द्रिय सदस्य महेश वस्नेत र उनीविरुद्धको गरी दुई वटा प्यालन अगाडि देखिएका छन् । तथापि सकेसम्म सर्वसम्मत नेतृत्व चुन्ने बताइरहेका छन् । 
अधिवेशन तयारीको विषयमा जानकारी दिन पार्टी प्रचार विभागद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष बचन देउजाले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चुन्ने प्रयास हुने बताएका थिए । सर्वसम्मत सम्भब नभए लोकतान्त्रिक पद्धति अनुसार चुनावबाट नेतृत्व चुन्ने उनले बताएका थिए । उनले पार्टीको विधानमा दुई पटकसम्म अध्यक्ष हुन पाउने व्यवस्था रहेको र आफू एक पटक अध्यक्ष भएकोले फेरि पनि दोहरिन चाहेको बताए । तर उता महेश वस्नेतले भने अर्काे प्यानल तयार गरेको श्रोतले बताएको छ । वस्नेतले पार्टी जिल्ला सचिव मोहनवीर श्रेष्ठको अध्यक्षतामा प्यानल तयार गरेको श्रोतले बताएको छ । वस्नेतको प्यानलबाट अध्यक्षमा वर्तमान सचिव श्रेष्ठ, उपाध्यक्षमा बागमति प्रदेशमा भक्तपुर क्षेत्र नं २ ख बाट प्रदेश सदस्य रहेका किरण थापा, सचिवमा सम्भुप्रसाद दाहाल र दुई जना उपसचिवमा राजकुमार जोशी (सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष) र उतरा नेपाल (मध्यपुर थिमि नगरपालिकाको उपमेयरका उम्मेदबार पराजित) रहेको श्रोतको दावी हो । उता त्यसको विरुद्धको प्यानलमा वर्तमान पार्टी अध्यक्ष वचन देउजा, वर्तमान पार्टी उपाध्यक्ष बासुदेव थापा (सूर्यविनायक नगरपालिकाका मेयर)को रहेको बताइएको छ । वर्तमान अध्यक्ष÷उपाध्यक्षको नेतृत्वको प्यानलमा अध्यक्षमा वचन देउजा नै, उपाध्यक्ष वर्तमान उपाधयक्ष बासुदेव थापा नै, सचिवमा विष्णु तामाङ र दुईजना उपाध्यक्षमा सानुकाजी कायष्ठ (सूर्यविनायक नगरपालिका वडा नं १ का वडा अध्यक्ष) र सुचित्रा श्रेष्ठलगायतको प्यानल रहेको श्रोतको दावी छ । 
वचन देउजालाई अध्यक्ष बनाउन महेश वस्नेत तथा पूर्व जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको प्यानलबाट खासै असहमति थिएन । तर उपाध्यक्षमा वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा हटोस् भन्ने चाहना हो । यस हिसावले खासमा द्धन्द्ध महेश वस्नेत र वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाबीच नै हो । महेश वस्नेत थापालाई माइनस गर्न चाहन्छन् तर अध्यक्ष देउजा थापालाई नै उपाध्यक्ष बनाउन चाहन्छन् । यही द्धन्द्धमा दुईवटा प्यानल खडा भएको बताइएको छ । 
अधिवेशनमा जिल्लाका चार नगरपालिकाहरुबाट कुल चार सय ९८ मतदाता रहेका छन् । त्यसमध्ये सूर्यविनायक नगरपालिकाबाट एक सय ३१, चाँंगुनारायण नगरपालिकाबाट ७२, मध्यपुर थिमि नगरपालिकाबाट ५१ र भक्तपुर नगरपालिकाबाट १६ जना रहेका छन् । यसबाहेक जनवर्गीयलगायतका विभिन्न समितिहरुबाट मतदाता अधिवेशन प्रतिनिधि रहेका छन् । पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएको जनायो । 
अधिवेशन भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा हुनेछ । पार्टी जिल्लाको ९ औं अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाइएका छन् ं। 
उदघाटन कार्यक्रम भव्य बनाउन भक्तपुरका दुई ठाउँमा पार्टीका नेता, कार्यकर्ता भेला भएर न्यालीसहित कार्यक्रम उदघाटन स्थलमा आउने कार्यक्रम रहेको जनाइयो । रÞ्यालीको तयारीका लागि विहान ९ः३० बजे दुई ठाउँंमा भेला भएको थियो । रÞ्याली कार्यक्रस्थलतर्फ १०ः३० बजे प्रस्थान गरेको थियो । उदघाटन समारोह विहान भएको थियो ।
यसअघि सल्लाघारी चोकमा भेला हुने रयालीमा मध्यपुर थिमि नगर कमिटीका सबै बडाहरु, सूर्यविनायक नगर कमिटीका वडा नं १, २, ३, ४ र ५ साथै चाँगुनारायण नगर कमिटीका वडा न. १, २ र ३ का सबै जना भेला भएर कार्यक्रम स्थलतर्फ आउने कार्यक्रम तय गरिएको छ । साथै अर्काे टोली सूर्यविनायक चोकमा भेला हुनेःर त्यसमा भक्तपुर नगर कमिटीका सबै वडाहरु, सूर्यविनायक नगर कमिटीका बडा नं. ६, ७, ८, ९ र १० साथै चाँगुनारायण नगर कमिटीका वडा नं.४, ५, ६, ७, ८ र ९, सबै जना भेला भएर कार्यक्रमस्थलतर्फ आउने कार्यक्रम छ ।
व्यालीमा पार्टी सम्बन्धीत भूगोलमा बसोबास गर्ने पार्टी जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्य, भातृ संगठन, अधिवेशनका प्रतिनिधिले आफ्नो तोकिएको स्थानबाट सहभागीता जनाउने जनाइयो । अबिधेशनको बन्द सत्रमा पार्टीको राजनीतिक, संगठानिक, आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत हुनेछ । ४ गतेसम्म सचालन हुने यस अधिवेशनले जिल्ला कमिटीको तेतृत्व समेत चयन गर्नेछ ।
यसैवीच जिल्ला समन्वय समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला नेता नवराज गेलाले पार्टीको अध्यक्षको उम्मेदबारी घोषणा गरेका छन् । बुधबारको जिल्ला पार्टीको पत्रकार सम्मेलनपछि छुटै भएको पत्रकार भेटघाटमा उनले पार्टी अध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका हुन् । पार्टीलाई भक्तपुरमा बलियो पार्टी बनाउने योजनासाथ आफनो उम्मेदबारी घोषणा रहेको उनले जनाए । पार्टीको वर्तमान नेतृत्वको असक्षमताका कारण २०७४ सालमा भन्दा २०७९ सालको निर्वाचनमा पार्टीको सिट कमजोर भएको भन्दै पार्टीको लोकप्रियतालाई २०७४ सालकै जस्तो बनाउने उदघोषका साथ आफनो उम्मेदबारी रहेको उनले बताए ।
यसअघि भक्तपुर क्षेत्र नं २ मा एमालेबाट महेश वस्नेत सांसद विजयी भएका थिए । तर पछिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट एमाले पराजित भई कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए ।

Comments