किन आए विप्लब भक्तपुर ? भने भक्तपुरले जस्तै काम गर्नुपर्छ


जेठ २, २०८१, बुधबार | दिउँसो ०२:२८ बजे | 45


किन आए विप्लब भक्तपुर ? भने भक्तपुरले जस्तै काम गर्नुपर्छ

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लब सीले २१ औं शताव्दी अनुसार समाजवादी आन्दोलनलाई अगाडि वढाउन पार्टीले २०८४ सालको निर्वाचनमा भाग लिने निर्णय गरेको बताएका छन् । २० औं शताव्दी अनुसार चुनावबाट नभई क्रान्तिबाट मात्रै समाजवाद आउँंछ भन्ने परम्परागत धारणालाई परिवर्तन गरी नयाँं सिराबाट समाजवादी आन्दोलन अगाडि वढाउन चुनावमा भाग लिने निर्णय भएको उनले खुलाए । 
भक्तपुरको कमलविनायकस्थित सम्पदाप्रेमी रवीन्द्र पुरीले बनाएका कलात्मक परम्परागत मौलिक घरको अवलोकन गर्न बुधबार साँंझ भक्तपुर आएका उनले पत्रकारहरुसँंग कुराकानी गर्दै यही कारण २०८४ सालको निर्वाचनमा यही कारण पार्टी सहभागी हुने निर्णय गरेको बताए । २१ औं शव्तादी अनुसार नयाँं ढंगबाट जानुपर्ने भएकाले चुनावमा जाने निर्णय गरेको उनले सुनाए । चुनावमा पैसा दिएर भोट नदिने वैचारिक मतदाता पनि भएकाले आफूहरु चुनावमा जान खोजेको उनले सुनाए । 
उनले पैसाले विचारलाई कमजोर बनाउन सक्ने तर मार्न नसक्ने बताए । विप्लबले पुँजीले विचारलाई सिध्याउन नसक्ने दावीसमेत गरे ।
भक्तपुरले जस्तो कला, संस्कृति, सम्पदा जोगाउने अभियानमा जाने पार्टीको योजना अनुसार भेटघाटमा आउने उनले बताए । उनले यही प्रायोजनका साथ भक्तपुर नगरपालिकाका प्रमुखसँंग पनि भेटघाट गर्न चाहेको र त्यस अनुसार कार्यक्रम तालिका पनि बनाएको सुनाए । उनले भक्तपुरले जस्तै पुराना संस्कृति, परम्परालाई जोगाउने अभियान देशभर आवश्यक भएको बताए । 
भेटमा पार्टी जिल्ला नेता कृष्णहरि सैंजूलगायतका दर्जनौ नेता तथा कार्यकर्ताहरु सहभागी रहेका थिए । साँंझ पाँंच बजे निवास पुगेका झण्डै एक घण्टा बसेका थिए । त्यस अवसरमा सम्पदाप्रेमी रवीन्द्र पुरीले आफूले गर्दै आएका कामकाबारे जानकारी गराएका थिए । उनले सम्पदाको जर्गेनाको आफनो अभियानमा राज्यले सहयोग गरेको भए बीसौं गुणाले काम गर्न सकिने सुनाए । साथै आफनो काममा कसैले सहयोग नगरे पनि तगारो नहाले पाँंच गुणा वढी काम हुने बताए । 

फाेटाेमा हेर्नुहाेस्...

किन आए विप्लब भक्तपुर ? भने भक्तपुरले जस्तै काम गर्नुपर्छ

Comments