एमाले भक्तपुरको अध्यक्षमा उम्मेदबारी घोषणा
जेठ २, २०८१, बुधबार | विहान ११:०६ बजे | 60
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला नेता नवराज गेलाले पार्टीको अध्यक्षको उम्मेदबारी घोषणा गरेका छन् । बुधबारको पत्रकार भेटघाटमा उनले पार्टी अध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका हुन् ।
पार्टीलाई भक्तपुरमा बलियो पार्टी बनाउने योजनासाथ आफनो उम्मेदबारी घोषणा रहेको उनले जनाए । पार्टीको वर्तमान नेतृत्वको असक्षमताका कारण २०७४ सालमा भन्दा २०७९ सालको निर्वाचनमा पार्टीको सिट कमजोर भएको भन्दै पार्टीको लोकप्रियतालाई २०७४ सालकै जस्तो बनाउने उदघोषका साथ आफनो उम्मेदबारी रहेको उनले बताए ।
यसअघि भक्तपुर क्षेत्र नं २ मा एमालेबाट महेश वस्नेत सांसद विजयी भएका थिए । तर पछिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट एमाले पराजित भई कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए ।