एमालेको भक्तपुरको अधिवेशनबारे पत्रकार सम्मेलन ः अध्यक्षको उम्मेदबारी घोषणा
जेठ २, २०८१, बुधबार | विहान ०९:२१ बजे | 55
भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशन भोलि बिहीबारदेखि सुरु हुने भएको छ । अधिवेशनका उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट हुने छ ।
अधिवेशन तयारीको विषयमा जानकारी दिन पार्टी प्रचार विभागद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको तयारी पूरा भएको जनायो । अधिवेशन भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा हुनेछ ।
पार्टी जिल्ला अध्यक्ष वचन देउजाले ९ औं जिल्ला अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर काम गरिहेको बताए ं। अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको चयन कार्य सकिएको जनाएको छ । यस अनुसार पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएको जनायो ।
उदघाटन कार्यक्रम भव्य बनाउन भक्तपुरका दुई ठाउँमा पार्टीका नेता, कार्यकर्ता भेला भएर न्यालीसहित कार्यक्रम उदघाटन स्थलमा आउने कार्यक्रम रहेको जनाइयो । रÞ्यालीको तयारीका लागि भोलि जेठ ३ गते विहान ९ः३० बजे दुई ठाउँंमा भेला हुने जनाइयो । रÞ्याली कार्यक्रस्थलतर्फ १०ः३० बजे प्रस्थान गर्नेछ । उदघाटन समारोह विहान ११ बजे सुरु हुनेछ ।
यसअघि सल्लाघारी चोकमा भेला हुने रयालीमा मध्यपुर थिमि नगर कमिटीका सबै बडाहरु, सूर्यविनायक नगर कमिटीका वडा नं १, २, ३, ४ र ५ साथै चाँगुनारायण नगर कमिटीका वडा न. १, २ र ३ का सबै जना भेला भएर कार्यक्रम स्थलतर्फ आउने कार्यक्रम तय गरिएको छ । साथै अर्काे टोली सूर्यविनायक चोकमा भेला हुनेःर त्यसमा भक्तपुर नगर कमिटीका सबै वडाहरु, सूर्यविनायक नगर कमिटीका बडा नं. ६, ७, ८, ९ र १० साथै चाँगुनारायण नगर कमिटीका वडा नं.४, ५, ६, ७, ८ र ९, सबै जना भेला भएर कार्यक्रमस्थलतर्फ आउने कार्यक्रम छ ।
व्यालीमा पार्टी सम्बन्धीत भूगोलमा बसोबास गर्ने पार्टी जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्य, भातृ संगठन, अधिवेशनका प्रतिनिधिले आफ्नो तोकिएको स्थानबाट सहभागीता जनाउने जनाइयो । अबिधेशनको बन्द सत्रमा पार्टीको राजनीतिक, संगठानिक, आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत हुनेछ । ४ गतेसम्म सचालन हुने यस अधिवेशनले जिल्ला कमिटीको तेतृत्व समेत चयन गर्नेछ ।
पत्रकार सम्मेलनपछि भएको अर्काे छुटै भेटघाटमा जिल्ला समन्वय समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला नेता नवराज गेलाले पार्टीको अध्यक्षको उम्मेदबारी घोषणा गरे ।
फाेटाेमा हेर्नुहाेस्...