सञ्चारमाध्यमको बलियो बिकल्प खोजौं


जेठ १, २०८१, मङ्गलबार | विहान ०९:१८ बजे | 100


सञ्चारमाध्यमको बलियो बिकल्प खोजौं

भक्तपुर । सञ्चारमाध्यमको आय श्रोत कमजोर वन्दै जाँंदा त्यससँंग सम्वन्धित सरोकारवालाहरुले विज्ञापनको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् । विज्ञापनलाई आयआर्जनको मुख्य आधार बनाइराख्दा अव सञ्चारमाध्यम वाँंच्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले नयाँं आयश्रोतकाबारेमा सोधखोज गर्नुपर्ने आवश्यकता औंल्याए । 
प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ भक्तपुरको सहकार्यमा मंगलबार भक्तपुरमा गरेको कार्यक्रममा सरोकारवालाहरुले विज्ञापन र पत्रिका विक्रीबाट उठने आयलाई मात्रै आधार नबनाई अन्य बैकल्पिक आयश्रोतकाबारेमा सोधखोज आवश्यक भएको बताए । युट्युव अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताको सवाल विषयमा भएको कार्यक्रममा मल्टिमिडिया विज्ञ उज्ज्वल आचार्यले अध्ययनबाट मिडियाको आयको रुपमा २७ वटा विकल्प रहेको पाइएको जनाए । अस्थायी पत्रकारिताका चुनौती (इस्यु अफ कन्टेप्रोरी जर्नलिज्म) मा कार्यपत्र प्रस्तुत गर्दै उनले समय अनुसार परिवर्तन गर्न नसके सकिनु स्वभाविक रहेको बताए । युट्युवर र अनलाइन पत्रकारिता र आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पत्रकार आचारसंहिता पालनामा जोड दिए । 
कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष माथवरसिंह वस्नेत, काउन्सिलका सदस्य ठाकुर बेल्वासे, अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, इकान्तिपुर अनलाइनका सम्पादक दुर्गा खनाल, पत्रकारहरु तीर्थ कोइरालालगायतले पत्रकारिताको दिगो श्रोतको पहिचान गरी अगाडि वढ्नुपर्नेमा जोड दिए । 

फाेटाेमा हेर्नुहाेस्...

सञ्चारमाध्यमको बलियो बिकल्प खोजौं
सञ्चारमाध्यमको बलियो बिकल्प खोजौं

Comments