संगम लामा
काठमाडौ । वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहेका तामाङ सामुदायहरुले आफ्नो भाषा, धार्म र सस्कृतिलाई जिवन्ता राख्नको लागि नेपाल रास्ट्रिय तामाङ घेदुङ्को प्रबास कमिटीहरु गठन गरिएको जानकारी घेदुङ्का केन्द्रीय अध्यक्ष वीर बहादुर योन्जनले जानकारी दिनु भएको छ।
प्रबास कमिटीले तामाङ सामुदायको कला तथा साँस्कृतीलाई सम्बर्द्धन संरक्षण गर्ने कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरि योगदान दिनुपर्ने पनि अध्यक्ष योन्जनले बताउनु भएको छ।
घेदुङ्ले आफ्नो संगठन बिस्तार गर्ने क्रममा बिदेश बिभाग प्रमुख सागर योन्जनको विशेष नेतृत्वमा ज्योति लामा बल अमेरिका, सुनिता योन्जन रोमानिया, मसली लामा दक्षिण कोरिया ,लाक्पा लामा युके, खेम गोङ्बो तामाङ फ्रान्स, निमा लामा योन्जन पोर्चुगल, बिनोद मोक्तान चिली , मिक्मार योन्जन साउदी, कमान सिंह योन्जन कुवेत, अमन लामा पोल्यान्ड , कुन्सङ लामा जापान ,निमा जिम्बा दुवाई, शारदा लामा अस्ट्रेलिया, छिरिङ मोक्तानलाई ग्रिसको संयोजकत्वमा प्रबास कमिटी गठन गरिएको छ।
रास्ट्रिय घेदुङ्का महासचिब प्रबिन बल ( चुनाव कुमार लामा )का अनुसार वैदेशिक रोजगारीको क्रममा जहाँ जहाँ तामाङहरु रहेकोे छ त्यहाँ घेदुङ्का प्रबास कमिटी गठन गरिने जानकारी दिनु भएको छ।
अध्यक्ष योन्जनले निर्माणाधिन तामाङ साँस्कृतिक भवन कार्य सम्पन्न गर्नका लागि प्रबास रहेका तामाङ समुदाय , गैर तामाङ समुदाय लगायत नेपालमा रहेको सम्पुर्ण समुदायलाई सहयोगको लागि अपिल गर्नु भएको छ।