समन्वय सन्जाल निर्माण


बैशाख ३१, २०८१, सोमबार | विहान ०२:४४ बजे | 65


समन्वय सन्जाल निर्माण

काभ्रेपलान्चोक जिल्लाका केही संस्थाका प्रतिनिधिहरू मिलेर पारस्परिक सेवा समन्वय सन्जाल बनाएका छन् । नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेलको संयोजकत्वमा बनेको यस सन्जालमा शब्दयात्रा प्रकाशन, सुभाष स्मृति प्रतिष्ठान, गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति, मानव कल्याण समाज, केयू योगसाधना केन्द्र, गोसाइँकुण्ड वन उपभोक्ता समिति आदि संस्थाका प्रतिनिधिहरू रहेका छन् । सन्जालले यस कार्यका परिकल्पनाकार हरि मञ्जुश्री र डा. इन्दुल केसीलाई सल्लाहकारमा मनोनयन गरेको छ । सन्जालमा इच्छुक अन्य संस्थाका प्रतिनिधिहरूलाई पनि समावेश गर्ने लक्ष्य राखिएको छ । काभ्रेपलान्चोक जिल्लाभित्र साहित्य, समाजसेवा, शिक्षा, अध्यात्म, सञ्चार, कलाकारिता, योग आदिसँग सम्बन्धित रहेका सेवामुखी संस्थाहरूका बीच आपसी समन्वय गराउने, काममा सहजीकरण गर्ने र हरेक संस्थाको समुन्नतिमा अर्को संस्थाको पनि सहयोग उपलब्ध गराउने कार्यमा यो सन्जाल सक्रिय रहने कुरा संयोजक कृष्णमणि कुइकेलले बताउनुभएको छ ।

Comments