सगरमाथा आरोही कल्पना महर्जनलाई सम्मान
बैशाख ३०, २०८१, आइतबार | विहान ०९:३७ बजे | 70
काठमाडौं । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयाएबापत सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छिन् । बागमय शताव्दी पुरुष लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा आइतबार राजधानीमा आयोजित कार्यक्रममा महर्जनलाई सम्मान गरिएको हो । लोकसाहित्य परिषद् बखुबहाल ललितपुरमा आयोजित कार्यक्रममा वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले महर्जनलाई सम्मान गरेका हुन् । कार्यक्रमको क्रममा विभिन्न लेखकहरुद्धारा लिखित ६ वटा पुस्तकहरुको पनि विमोचन गरिएको थियो । सगरमाथा आरोही महर्जनले पछिल्लो पटकको सगरमाथा आरोहणमा स्वर्गीय सत्यमोहन जोशीको तस्वीर लिएर सगरमाथाको चुचोरोमा पुरयाएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...