सुन्दर अक्षर लेखन तालिम
बैशाख २९, २०८१, शनिबार | दिउँसो ०१:३८ बजे | 75
भक्तपुर, बैशाख २९। कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि. काे आयाेजनामा १५ दिने सुन्दर अक्षर लेखन अर्थात् सुलेखन तालिम शनिबार सम्पन्न भयो । तालिमका प्रशिक्षक सुरज दिदियाले तालिम पश्चात् विद्यार्थीहरूले आवश्यक परेको बेला मात्रै नभएर निरन्तरता दिँदै समयसमयमा सुन्दर अक्षर लेखनको लागि उत्साहसहित प्रशिक्षार्थीकाे फ्लाेअप गरिरहनुपर्ने सुझाव दिनुभयाे । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा विद्यार्थी निकेतन माविका प्रअ न्हुछे बहादुर खाताखाेले विद्यार्थी परार्मश कक्षा संचालनबाट विद्यार्थीहरुले सहि दिशा र निर्णय लिन सहज हुने बताउँदै संघर्ष गर्नेहरू जस्तोसुकै कठिन परिवेशमा पनि सफलता पाउने बताउनुभयो । उहाँले विद्यालय शिक्षासँगै विद्यार्थी जीवनमा अतिरिक्त शिक्षा लिएर आफ्नाे बानी व्यवहार, साथी संगतको बारेमा विशेष चनाखो भई नराम्रो संगत त्याग्ने व्यक्ति सधैं सफल र सबैको प्रशंसा पाउने बताउनुभयो । उक्त तालिम ५ कक्षा माथि देखि १० कक्षा सम्मका विद्यार्थीहरूलाई लक्षित गरिएको थियोे ।
फाेटाेमा हेर्नुहाेस्...