बढदै गरेको गर्मी , बजारिय पेयपदार्थ र मानव स्वास्थ्य


बैशाख २७, २०८१, बिहीबार | विहान ०५:०६ बजे | 30


बढदै गरेको गर्मी , बजारिय पेयपदार्थ र मानव स्वास्थ्य

रामहरि केसी 
बिषय प्रवेस
हाम्रो देश नेपाल भौगोलिक रुपामा हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । तराई भागमा करिब ६० मि। देखि हिमाली क्षेत्र ८,८४८।६८ मिटरसम्मको उचाईमा फैलिएको छ । अब फाल्गुन देखि यी सबै ९हिमाल, पहाड र तराई० भागहरुमा क्रमशस् गर्मि बढदै जांदा मानिसहरुको खानापिनामा पनि परिबर्तन हुन्छ र गर्मिको कारण बजारिय पेय पदार्थहरु ९  कोक, फ्याण्टा, ड्यू,मरिन्डा,पेप्सि० अधिकमात्रमा उपभोग गर्नेबानी पर्दछ । हाल नेपालको सबै क्षेत्रका स्थानिय बजारहरुमा यस्ता पेय पदार्थहरु सहजरुपमा उपलब्ध छन। पहिले पहिले गाउंघरमा जांदा तिर्खा लाग्दा मोई, फखाले, सर्वतपानि वा शुद्द पानी पाईने वा दिने घरहरुमा अहिले तिनैबजारिया पेयपदार्थबाट सत्कार गर्ने गरिएको पाईन्छ । हिजोआज पुजापाठ वा अन्य कुनै समारोहहरुमा आउनेजाने पाउनाहरुले पनि त्यस्तै प्रकृतीका कोसेलीहरु ल्याउने प्रचलन बढेको छ । यस्ता बस्तुहरु अहिले हाम्रो समाजका लागि स्वीकार्य मात्र होइन, शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ । समयको परिबर्तन संगै खानेपिने आनिवानिमा पनि परिवर्तन आउनु स्वाभाविकै हो तर त्यो परिवर्तन मानव स्वास्थ्यमा हितकर हुन भने आवश्यक छ । त्यसैले यस्ता हानिकारक पत्रु खानाहरु ९आलुचिप्स, क्यान्डी, चाउचाउ, चटपटे, चिजबल्स लगाएत कोक, फ्याण्टा, ड्यू,मरिन्डा र पेप्सि ० मानव स्वास्थ्यको निम्ति अत्यन्त खतरनाक हुन्छन् ।
बजारिय पेयपदार्थ र मानब स्वास्थ्य
तडकभडक, सुन्दर र आकर्षक विज्ञापन गरि मानव मनमस्तिष्कलाई दिगभ्रमित तुल्याई बजारमा बेचिने बिभिन्न किसिमका कोलड्रिङसहरु पदार्थहरु ९  कोक, फ्याण्टा, ड्यू, मरिन्डा, पेप्सि०  नै बजारिय पेयपदार्थ हुन । यस्ता पेयपदार्थहरुको सेबनबाट  क्यानसर,मोटापन,डायविटीज लगायत अनेक किसिमका रोगहरु उत्पन्न गरि मानवजीबनमा अनेक स्वस्थ्यसमस्या सिर्जना भैरहेका छन । यस्ता विज्ञापनहरुले वास्तवमा मानवजातिलाई आकर्षित गरि नसालु पदार्थ सेवन गरे जस्तै लतनै लगाईसकेको छ,  जसले गर्दा हामि मोहि, सर्बत,कागती पानि जस्ता स्वस्थ्यको लागि हितकर पेयपदार्थको सेबन गर्न नै छाडि सक्यौ ।
डा। राधिका थपलियाको अनुसार हामिले एक लिटर कोक पिउँदा १०६ ग्राम चिनि खान्छौ र त्यहि गुलियो र क्याफिन खानाले मुटु तथा मधुमेय जस्ता रोगहरूलाई निम्त्याउँछ । उहां भन्नु हुन्छ यस्ता पेयपदार्थहरुमा फोस्फोरिक एसिड पनि हालिएको हुन्छ जुन मानव स्वस्थ्यको लागि हानिकारक रासायनिक तत्व हो । यसको सेबनले मुटुलगायत मृगौलालाई हानी गर्नुको साथै हाड पनि खियाउने गर्दछ । फोस्फोरिक एसिडको प्रयोग भने , चर्पी सफा गर्न र बगैंचामा किटनाशक विषादीको रूपमा गरिन्छ । फोस्फोरिक एसिडले हाम्रो दाँतको चम्किलो भाग नष्ट गरि सेतो दाँतलाई पहेलो–खैरो बनाउँछ । अब तपाई आफै भन्नुहोस यस्ता पेय पदार्थको सेबन किन गर्ने रु 
त्यसै गरि डा। अरुणा उप्रती भन्नुहुन्छ, वास्तवमा यी पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने गरि आकर्षक बोतलमा बन्द गरिएका चिसो झोलपदार्थहरु हुन् यिनिहरु शुद्द पानीको तुलनामा धेरै महँगो र मानव स्वास्थ्यको लागि हानिकारक हुन्छन् । उहां फेरि “  चिसो झोलको झेल्लिमा फस्दै “ भन्ने आफ्नो लेखमा भन्नुहुन्छ, सोडा वा कोल्ड ड्रिंक्सले विश्वभरिमा वर्षेनी १ लाख ८० हजार मानिसको मृत्यु हुने गरेको छ । यस्ता झोलपदार्थहरुको सेवनले क्यान्सर समेत भएको पाइएको छ । सन २०१३ को अभिलेख अनुसार कोल्ड ड्रिंक्स सेवन गर्नेहरुमध्ये १ लाख ३३ हजारको मृत्यु मधुमेहले भएको थियो भने ४४ हजारको मृत्यु मुटु रोगले भएको थियो । त्यस्तैगरी ६ हजारको मृत्यु क्यान्सरले भएको उल्लेख गरिएको छ ।  यी बिभिन्न रोगहरुको मुख्यकारण भनेको कोल्ड ड्रिंक्सहरुमा हुने अधिकमात्रमा चिनि कै सेवनले हो ।डा। उप्रतीसोहि लेखमा भन्नुहुन्छ ,सोडा तथा कोल्डड्रिङ्स मात्र नभई बजारमा पाइने प्याक गरिएका फ्रुट जुस,  इनर्जी ड्रिंक्स समेत चिनिको घोलहुन जसको सेवन गर्नाले मानिस स्वास्थ्यको लागी फाईदा भन्दा बेफाईदा नै बढि हुन्छ ।
बिज्ञहरुमा अनुसार चिसो झोलमा फोस्फोरिक एसिठ, क्याफिन र चिनीको धोल भएको हुदां यस्ता पदार्थहरुको सेवनले केटाकेटीहरुको शरिरमा क्याल्सियम नष्ट गर्ने र हाडलाई कमजोर बनाई खियाउने कार्यगर्दछ । फोस्फोरिक एसिडलाई क्रोम धातुको खिया र मोटरको ब्याट्री सफा गर्न पनि प्रयोग गरिन्छ । यसरी धातुको खिया पखाल्ने पदार्थले हाम्रो शरीरको मासुलाई कस्तो असर पार्ला,  एक पटक सोचौ न सेवन गर्न अघि ।
गर्मी महिनामा के खाने त रु
आरबी बुढाथोकी आफ्नो लेखमा गर्मीको साथी सातु सर्वत हो भन्नु हुन्छ । हाम्रो देशनेपालमा परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा ठाउँअनुसार सातु पनि फरक(फरक  तरिकाले तयार गर्ने प्रचलन छ। बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यबर्द्धक भोजनको रुपमा सातुलाई लिईन्छ तर आधुनिकताको नाममा बर्तमान समयमा यस गुणकारी सर्वोत्तम भोजनको प्रयोग कमहुदै गएको छ ।
सातु सर्वत अम्रित सरह भएता पनि गाउँगाउँबाट कोल्ड ड्रिङ्स ९बजारिया पेय पदार्थ० ले सातु सर्वतलाइ बिस्थापित गर्दै लगेको छ, त्यसैले यस्तागुणकारी स्वास्थ्यबर्द्धक आर्गानिक भोजन सातु सर्वत लोप हुनबाट बचाउनु र आफ्नो शारिरिक स्वास्थ्यको समेत जगेर्ना गर्नु आजको चुनौति रहेको छ ।
गर्मीयाममा चनाको सातु, कागती र चिसो पानी घोलेर सितलताका लागि पेय पदार्थ बनाई पिउँन पनि सकिन्छ भने सातुमा दूध वा दही घोलेर खांदा पनि स्वादिष्ट र पोषिलो हुनेकुरा आरबी बुढाथोकी आफ्नो लेख “गर्मीको साथी सातु सर्वत”मा बताउनु हुन्छ। सातुलाइ नुन, पानी र कागतीको साथमा घोलि सख्खर, मिस्री, मह वा  बिभिन्न किसिमका फलफूलहरु संग मिसाएर पिउँन पनि सकिन्छ  । यसरी उपभोग गरिने सातु बजारबाट खरिद गर्नु भन्दा घरमै मकै, भटमास, गहुँ, चना, केराउ, जौ जस्ता गेडागुडीहरु भुटेर बनाइएको झन् सुरक्षित र स्वास्थ्यका हिसाबले उत्तम मानिन्छ ।  
गर्मीको महिनामा शरीरमा पानीको कमी भई डिहाइड्रेसन हुने भएकोले यस्ता खतराबाट जोगिन खानपिनमा विशेष ध्यान दिई रोग प्रतिरोधी क्षमता बढाउन विशेषज्ञहरुले बिभिन्न सल्लाहरु दिएका छन् ।
क० गर्मीयाममा तिर्खा मेट्नका लागि आफ्नो ईच्छा अनुसार तातो वा चिसो पानि संग कागती खान सकिन्छ । यसरी कागती पानि खांदा  तिर्खा मेट्नका साथै भिटामिन ‘सीको समेत परिपूर्ती हुने र मानव शरिरमा रोगप्रतिरोधात्मक शक्तिको बिकासहुन्छ । 
ख० गर्मीको बेलामा बाबरी वा पुदिनाको पनि सेवन गर्ने सकिन्छ ।  यो पनि ईच्छा अनुसार तातो वा चिसो पानि संग हालेर खान सकिन्छ । वीरेनून र कागती हाली पुदिनाको अचारले खाना रुचाउनुका साथै पाचन प्रक्रियामा पनि सहयोग गर्दछ ।
ग० सातु सर्वत पनि हाम्रो परम्परा देखि चलेको अर्ग्यनिक पौष्टिक पदार्थ हो । त्यसैले यसलाई सबैजनाले  कम्तिमा बर्षमा एकदिन त खानुपर्छ भनि पर्वकै रुपामा अक्षयतृतीयामा जौ को सर्वतपानि खाने चलन छ । 
घ० अमला जुस तथा सर्वत पानिले मानाव स्वास्थ्यलाई जगेर्ना राख्दछ । अमला जुस तथा सवर्तले छालामा चाउरी पर्ने, शरिरमा रोगप्रतिरोधात्मक शक्तिको बिकास गर्ने, पाचनप्रकृया बढाउने र रगतशुद्दी गर्ने जस्ता कार्यहरु गर्ने बिश्वास आयुरवेदमा गरिएको छ ।
ङ० बेलको जुस तथा सर्वत पनि मानाव स्वास्थ्यको लागी अतिनै फाईदा जनक पेय पदार्थ मानिन्छ । यसको सेवनबाट मानव शरिरमा मस्तिष्क शक्तिको बिकास, जीवाणुप्रतिरोधात्मक  क्षमताको बढवा , ग्यास्ट्रिक तथा  अल्सरजस्ता रोगमा फाईदा गर्नुको साथै समग्ररुपान रोगप्रतिरोधात्मक शक्तिको बिकास गर्ने जस्ता फाईदा हुने बिश्वास गरिन्छ ।  

अन्तमा
रेडियो, टेलिभिजन र ठाउँठाउँमा राखिएका होडिङ बोर्डहरुमा गरिएका दिगभ्रमित विज्ञापन को पछि नलिगी आफ्नो स्वनस्थ्यको पूर्णख्याल गर्दै खानेकुराहरु खाने बानिको बिकास गर्नु पर्दछ ।  त्यस्ता बजारिया पेयपदार्थको सेवनले आफूलाई राम्रै गरिरहेको होला भन्ने विश्वास हुन्छ तर, फाईदा भन्दा बढि बेफाईदा नै गरिरहेको तथ्य बैज्ञानिक अनुसन्धानहरुले देखाएका छन । । मानवशरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउनका यस्ता पेय पदार्थको भूमिका रहेकोले हाल अमेरिकन डायविटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसनले चिनी भएको सोडाको उपभोग घटाउन आग्रह नै गरेका छन् । सो एसोसिएसनले यदि डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, चिनीबिनाको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ । त्यसैले बारबारे पछि बालि जोगिन्छ भनेझै, स्वास्थ्य र निरोगी बनि दिर्घजिबी भन्न बिज्ञापन र साथीसंगिको पछाडी नलागि आफ्नो र परिवारको शारिरिक स्वस्थ्यमा ख्यालराख्दै परम्परा अनुसारका खाद्यबस्तुहरुको सेवनमा बढवा दिओ ।।। 
लेखक बिपद ब्यबस्थापनको बिद्यार्थी हुनुको साथै अबकास प्राप्त नेपाली सेनाको प्रमुख सेनानी हुनुहुन्छ ।

Comments