जिल्ला सहकारी संघ ऋण उठाउन यसकारण देखाइरहेछ उदासिनता


बैशाख २६, २०८१, बुधबार | विहान ०८:३३ बजे | 35


जिल्ला सहकारी संघ ऋण उठाउन यसकारण देखाइरहेछ उदासिनता

भक्तपुर । जिल्ला सहकारी संघ भक्तपुरमा आवद्ध सहकारी संघ–संस्थाले बचत गरेको रकम फिर्ताका लागि लामो समयदेखि पटक–पटक संघको कार्यालयमा ताकेता गर्दा पनि संघका संचालकहरुले चासो नदेखाएर आरामको निद सु्तिरहेको पीडीत संघ–संस्थाले संघका संचालकहरु माथि ओरोप लगाउँदै आएका छन । उनीहरुले अर्थात संघका संचालकहरुले समस्यामा परेका पीडित संघ–सस्थाहरुको आवजको सुनवाईलाई एक कानले सुन्ने र व्यवहारमा अर्को कानले उडाइरहेका छन । त्यति मात्रै होइन,  संघका संचालकहरुले आफैले विभिन्त्र समयमा जिल्लामा अवस्थित सहकारीहरुलाई ऋण प्रवाह गर्दै आएका थिए । अहिले आएर  संघ आफैले  प्रवाह गरेको  ऋण समेत उठाउन संघका संचालकहरुले चासो नदेखाएर अनौठो कार्यशैली अपनाउँदै आएको उनीहरुमाथि आरोप लगाउनेहरुको कमी छैन । संघका संचालकहरुले आफैले प्रवाह गरेको ऋण उठाउन समेत चासो र सरोकार नदेखाएपछि संघका संचालकहरुको नियतमाथि नै सहकारीकर्मीहरुले  अर्थपूर्ण प्रश्न उठाउन थालेका छन ।
संघले गौमाता दुग्ध उत्पादक सहकारीलाई करिब एक करोड भन्दा बढी ऋण प्रवाह गरेको थियो । तर, सो ऋण उठाउनका लागि अहिलेसम्म पनि संघका संचालकहरुले चासो नदेखाएको वताइन्छ । जबकि संघले ऋण प्रवाह गर्दै आएको गौमाता दुग्ध उत्पादक सहकारीले सूर्यविनायकबाट आफ्नो कार्यालय समेत हटाइसकेको छ । सहकारीले कार्यालय बन्द गरिसक्दा पनि किन संघले सो सहकारीलाई प्रवाह गरेको ऋण उठाउन ताकेता गरिरहेको छैन भन्ने प्रश्न संघका सचालकहरुमाथि बलशाली भएर उठ्न थालेको छ । कतै संघका संचालक र ऋणीहरुबीचको मिलोमतोमा त यी सबै काम भैराखेको छैन भन्ने प्रश्नले ठाउँ पाइरहेको छ ।
स्रोतका अनुसार सहकारी संघका प्रबन्धक मेघनाथ घिमिरे र संचालक सुलोचना दुवाल पनि गौमाता सहकारीबाट ऋण लिएको देखिएको छ । संघका प्रबन्धक र संचालक आफैले ऋण लिएका कारण पनि संघले प्रवाह गरेको ऋण उठाउन संघले उत्सुकता नदेखाएको हो ? प्रबन्धक घिमिरेले ०७८ पुस २६ मा २५ लाख रुपैयाँ गौमाताबाट ऋण लिएका थिए । अहिलेसम्म उनको व्याज करिब १० लाख पुगिसकेको छ । त्यसरी नै संचालक दुवालले पनि सोही मितिमा २३ लाख ७५ हजार ऋण लिएकी थिइन । उनको पनि अहिलेसम्ममा व्याज मात्रै ८ लाख २० हजार २ सय १३ रुपियाँ पुगिसकेको छ । 
उता, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालका पिओसो चन्द्रमणी खरेलले पनि ०७८ असोज १९ गते २५ लाख ५० हजार ऋण लिएका थिए । उनको व्याज ११ लाख ५७ हजार ७ सय ५८ रुपियाँ पुगेको देखिन्छ । त्यति मात्रै होइन, सहकारीबाट ऋण लिएका तर भाका नाघेको लामो समय वितिसम्दा पनि व्याज र साँवा कुनै पनि ऋण फिर्ता नआउँदा समेत किन संघले यसमा चासो नदेखाएको हो ? 
संघको गएको चैत्रमा आएको नयाँ नेतृत्वले यसतर्फ किन चासो सरोकार नदेखाएको हो भन्ने प्रश्न सहकारीकर्मीहरुले सूर्यविनायका चोक गल्लीहरुमा हल्ला गर्दै हिड्न थालेका छन । यसमध्ये संघले ऋण प्रवाह गरेको सूमार्ग बचत तथा ऋणसहकारीलाई समस्याग्रस्त सहकारीको रुपमा सरकारले घोषणा गरिसकेको छ । तर संघको नेतृत्व थाह नपाए झै गरेर बसिराखेको छ । त्यसरी नै संघले ऋण प्रवाह गरेको ढोङमे कृषि सहकारी, पशुपति बचत तथा ऋण सहकारी, आवश्यक कृषि सहकारीलगायत रहेका छन । सहकारी संघको अध्यक्षमा ध्रुव रायमाझी गएको चैत्र महिनाबाट नेतृत्वमा आएका हुन । उनी संघले प्रवाह गर्दै आएको ऋण नउठ्दा पनि किन चुपचाप मौनता साँधेर बसिराखेका छन भन्ने सहकारीकर्मीहरुले उठाउन थालेका छन । के लामो समय गुज्रिदा समेत ऋण उठाउन ताकेता नगरेर चुपचाप के कारणले राममाझीको टिम बसिराखेको छ ? के संघको संचालक र कर्मचारीले समेत सो सहकारीबाट ऋण लगेकोले संघले असुली गर्नमा चासो नदेखाएको हो ?  
जिल्लामा रहेका सबै सहकारीहरुको अवस्थाकोवारेमा नियमन र निरीक्षाण गर्नुपर्ने जिम्मेवार निकाय जिल्ला सहकारी संघ अरु को त परको कुरा आफैले अर्थात आफ्नै सदस्य संस्थालाई  प्रवाह गरेको ऋण समेत उठाउन पहल नगरिकन किन बसेको छ ? यस्तो नेतृत्वको संघले जिल्लाका अरु सहकारीहरुको कस्तो निरीक्षण र नियमन गर्ला त ?
उता, जिल्लामा रहेका प्राय सबै सहकारीहरुको अवस्था पनि नाजुक बन्दै जान थालेको छ । सहकारीहरुको लिष्टमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ बन्द भैसकेको छ । कृषि सहकारी संघ उता घाटामा चलिरहेको छ भने बहुउदेश्य सहकारी संघ कागजी रुपमा चलेको व्यवहारमा तालाचावी लागिसेको छ । जिल्लाको एक मात्रै राम्रो सहकारी संघमा कृष्णगोविन्द लाखाले नेतृत्व गरेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ मात्रै राम्रो सहकारीमा परेको छ । यसको उदारहणीय कामले आम सहकारीकर्मीहरुमाझ प्रंसशित समेत रहँदै आएको छ ।

Comments