नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा शुभारम्भ गरेको खुशीयालीमा दीप प्रज्वलन गरिने


बैशाख २३, २०८१, आइतबार | दिउँसो ०३:५१ बजे | 55


नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा शुभारम्भ गरेको खुशीयालीमा दीप प्रज्वलन गरिने

काभ्रे ः बागमती प्रदेश सरकारले नेपाल भाषा (नेवारी) र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा शुभारम्भ गरिएको खुशीयालीमा काभ्रेको बनेपामा दीप प्रज्वलन गरिने भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल काभ्रेको आयोजनामा बैशाख २९ गते एक कार्यक्रमका बीच दीप प्रज्वलन गर्न लागेको हो ।
महासंघको पदाधिकारीको शनिबार बसेको बैठकले सो निर्णय गरेको थियो ।
बैशाख २९ गते बेलुका ४ बजे काभ्रेको बनेपास्थित चारदोबाटोमा आ–आफ्नो भेषभूषा र ब्यानरसहित उपस्थित हुन महासंघका अध्यक्ष उदय कायस्थले अनुरोध गरेको छ ।
बैठकमा महासंघका प्रदेश सचिव कान्छाराम तामाङले २०८१ मा २०८१ जना सदस्य बनाउनु पर्ने र काभ्रे जिल्लाका १३ वटै स्थानिय तहमा संगठन विस्तार गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । त्यसैगरी महासंघका काभ्रे जिल्ला इन्चार्ज संगम लामाले बागमती प्रदेश सरकारको निर्णय स्वाग योग्य भएको तर निर्णयलाई कार्यान्वयन गर्न चुनौती भएकोले कार्यान्वयन गर्न सबै सरोकारवाला लाग्नु पर्ने बताउनु भयो ।
बागमती प्रदेश सरकारले बागमती प्रदेशमा नेपाल भाषा (नेवारी) र तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुशियालीमा बैशाख २४ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

Comments