भक्तपुरसहित पाँंच संस्थाका जेष्ठ नागरिकहरुप्रति समर्पित जेष्ठ नागरिकहरु सम्मानित


बैशाख २३, २०८१, आइतबार | दिउँसो १२:४२ बजे | 65


भक्तपुरसहित पाँंच संस्थाका जेष्ठ नागरिकहरुप्रति समर्पित जेष्ठ नागरिकहरु सम्मानित

काठमाडौ । जेष्ठ नागरिकहरुप्रति समर्पित पाँंच संस्थाका जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । राष्टिय जेष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौंले आइतबार राजधानीमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगतवी चौधरीले उनीहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे । 
सम्मानित हुनेहरुमा मदनकुमार श्रेष्ठ÷अहिल्या श्रेष्ठ, श्याम चित्रकार, श्यामसुन्दर धौभडेल÷रञ्जना धौभडेल, विष्णुप्रसाद नेपाल र भरतलाल श्रेष्ठ रहेका छन् । मदनकुमार श्रेष्ठ÷अहिल्या श्रेष्ठ दम्पतीलाई जेष्ठ नागरिक दिवा सेवा केन्द्र बाडेगाउँं ललितपुरलाई भबन निर्माण गर्न दुई पटक गरेर १४ लाख नगद प्रदान गर्नुका साथै जेष्ठ नागरिकका नियमित स्वास्थ्य परीक्षणका लागि दस लाखको अक्षयकोष स्थापना गरेकोमा कदरस्वरुप सम्मान गरेको हो । श्याम चित्रकारलाई ८१ वर्षको जेष्ठ उमेरमा पनि सक्रियतापूर्वक फोटो पत्रकारितामा सक्रिय भएबापत सम्मान गरिएको हो । श्यामसुन्दर धौभडेल÷रञ्जना धौभडेल दम्पतीलाई भक्तपुरमा सिद्धि शालिग्राम जेष्ठ नागरिक आश्रमको संस्थापक भइ सेवा गर्नुका साथै ४२ जना जेष्ठ नागरिकहरुलाई आश्रममा राखेर सेवा गरेबापतको कदरस्वरुप सम्मान गरेको हो । साथै देवीघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्ष देवीप्रसाद नेपाललाई त्रिसुली नुवाकोटमा करिव सात रोपनीमा लिफ्टसहितको आवासगृह निःशुल्क÷शःशुल्क दुवै सेवा गरेबापत सम्मान गरेको जनाएको हो । साथसाथै ८१ वर्षको जेष्ठ उमेरमा पनि काठमाडौं महानगरपालिका वडा नं १ को वडा अध्यक्ष भई जनताको सेवामा निरन्तर लागेबापत वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई सम्मान गरिएको हो । 
कार्यक्रममा विशिष्ट अतिथि एक सय वर्ष पुगेका शताव्दी पुरुष डा गौरीशंकरलाल दास, आयोजक राष्टिय जेष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौका सभापति बसन्तराज कार्की, कोषका सदस्य सचिव मनोज भट, वोर्ड सदस्य केशवराज लम्साल, धनु राईलगायतले जेष्ठ नागरिकका विबिध पक्षहरुबारे चर्चा गरे । कार्यक्रममा कोषको क्यालेण्डर पनि विमोचन गरिएको थियो ।   

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरसहित पाँंच संस्थाका जेष्ठ नागरिकहरुप्रति समर्पित जेष्ठ नागरिकहरु सम्मानित
भक्तपुरसहित पाँंच संस्थाका जेष्ठ नागरिकहरुप्रति समर्पित जेष्ठ नागरिकहरु सम्मानित
भक्तपुरसहित पाँंच संस्थाका जेष्ठ नागरिकहरुप्रति समर्पित जेष्ठ नागरिकहरु सम्मानित

Comments