विश्व कार्टुनिस्ट दिवस २०८१ मनाइयो


बैशाख २३, २०८१, आइतबार | विहान ११:४९ बजे | 40


विश्व कार्टुनिस्ट दिवस २०८१ मनाइयो

काठमाडौं । कार्टुनिस्ट क्लब नेपालको आयोजनामा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्थानमा विश्व कार्टुनिस्ट दिवस २०८१ मनाइयो । कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एंव पुराना कार्टुनिस्ट रमेशनाथ पाण्डेले छोटो समयमै नै पढ्न, बुझ्न र हास्ने सकिने कार्टुन विधा पहिला पहिला तयार गर्न गाह्रो भए पनि आज भोलि समय र परिस्थिति जटिल भएको बताउनु भयो । पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकोले कार्टुनिस्टहरुको पनि विशेष दायित्व र महत्व हुने बताउनु भयो र सम्पूर्ण नयाँ तथा पुराना कार्टुनिष्टहरुलाई कार्टुनिस्ट दिवसको शुभकामना दिनु भयो ।
नेपाली कार्टुनहरु विदेशीहरुले नबुझ्ने आफ्नो अनुभव सुनाउनु हुँदै अग्रज कार्टुनिस्ट रामकुमार पाण्डेले कार्टुनहरुको अनुसंन्धान हुनुपर्ने, बुलुटिन प्रकाशित गरी पुराना कृत्तिहरु संग्रह गर्नुपर्ने तथा अग्रज कार्टुनिष्टहरुको अनुभव आदानप्रदान गर्नु पर्ने सुझाव दिनु भयो ।
आजको उक्त कार्यक्रममा कार्टुनिष्ट दिवसकै छेको पारेर क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले आफ्ना आमाबुबाको नाममा स्थापना गर्नु भएको शारदा–गोविन्दमान ब्यङ्गयचित्र प्रतिभा पुरस्कार २०८१ हिमालयन टाइमसका महेश वास्ताकोटीलाई नगद पुरस्कार दश हजार सहित पुरस्कृत गरिएको थियो । पुरस्कार बारे बोल्नु हुँदै अविन श्रेष्ठले तीन दशक भन्दा बढी कार्टुन बनाइ सकेपछि आफ्नो मात्रै  प्रगति भन्दा पनि नयाँ प्रतिभालाई हौसला प्रदान गर्न एउटा कार्टुनिस्टले अर्को कार्टुनिस्टलाई कार्टुनकै बारेमा पुरस्कार दिन उचित हुने भएकाले नयाँ पुरस्कार प्रदान गरेको बताउनु भयो । पुराना कार्टुनिस्टलाई भन्दा नयाँ कार्टुनिस्टलाई पुरस्कार प्रदान गर्दा  आर्थिक मन्दी, प्रिन्ट मिडियाहरुको ह्रासले गर्दा नयाँ प्रतिभाहरु पलायन हुन थालेकाले नयाँ  नयाँ कार्टुनिस्टलाई प्रदान गरेको प्रष्ट पार्नु भयो ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष बासु क्षितिजले पुरस्कारको छनौट प्रक्रियाबारे प्रष्ट पार्नु हुँदै अग्रजहरुलाई धन्यवाद सहित सम्पूर्णमा कार्टुसनस्ट दिवसको शुभकामना दिनु भयो । कार्यक्रममा कार्टुनिस्ट राजेश केसीले नेपाली कार्टुनको इतिहासमा अविन श्रेष्ठको  योग्दान अतुलनिय रहेको र  यो पुरस्कार स्थापनाले उहाँको योगदान अझै बढेको छ । उक्त कार्यक्रममा ललितकलाका कुलपति नारदमणी हार्तम्छालीले पनि पुरस्कृत तथा सम्पूर्ण कार्टुनिस्टहरुलाई शुभकामना दिनु भयो तथा  भविष्यमा कार्टुनिस्ट दिवस मनाउने बारे क्लबसंग छलफल गरेर अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा रवि मिश्रले पनि शुभकामना दिनु भएको थियो र पुरस्कृत महेश वास्ताकोटीले आफ्नो अनुभव र पुरस्कार बारे खुशी व्यक्त गर्नु भयो । 

फाेटाेमा हेर्नुहाेस्...

विश्व कार्टुनिस्ट दिवस २०८१ मनाइयो
विश्व कार्टुनिस्ट दिवस २०८१ मनाइयो

Comments