नौ दिने अचार बनाउने तालिम शुरु


बैशाख २३, २०८१, आइतबार | विहान ११:३८ बजे | 80


नौ दिने अचार बनाउने तालिम शुरु

भक्तपुर । उद्योग तथा बाणिज्य कार्यालयको आ व २०८०र८१ को बार्षिक कार्यक्रम अन्तर्गत भक्तपुर घरेलु तथा साना उद्योग संघ, महिला उद्यमी समितिको संयोजनमा आजबाट ९ दिने अचार बनाउने तालिम आजबाट संघको सचिवालय शुरु भयो ।सो अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बागमति प्रदेश सरकारले कोही पनि जनता सिप विहिन भई बेरोजगार नहोस भने उद्देश्यले विभिन्न तालिमहरु दिई रहेको जानकारी गराउँदै तालिम मात्र तालिमको लागि नभई उद्यमी बने हेतुले तालिम लिन हुन अनुरोध गर्नुभयो। साथै उहाँले तालिम लिई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता नविकरण गरी उद्यमी बन्ने बागमिति सरकार नेपाल सरकारले विभिन्न सुविधाहरु प्रदान गर्ने गरेको र ती सेवा सुविधा लिन संघले सहजिकरण गर्दै आईरहेको बताउनु हुन्दै तालिम लिई उद्यमी बन्न सकोस भनी शुभकामना दिनुभयो । त्यसैगरी उद्योग  तथा बाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले चुरा लगाउने हातले सीप सिई आत्मानिर्भर हुन सकोस र नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरी उद्योग संचालन गरेमा वागमति सरकार अन्तर्गत उद्योग तथा बाणिज्य कार्यालयबाट दिने सुविधाको लागि सहजीकरण गर्न कार्यालय तत्पर रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ ,महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले भक्तपुरमा अचारका उद्यमीको कमीको महशुस गरी उद्योग बाणिज्य कार्यालय सँग अचारको तालिमको माग गरेको जानकारी गराउँदै तालिम लिई अवको दिनमा बजारमा भक्तपुरबाट उत्पादित अचार बजारमा आउने आशा व्यक्त गर्नु भयो । कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग  संघ महिला उद्यमी समितिका सचिव सुचिता सैजु तथा प्रशिक्षक अनिता गौतमले तालिमको महत्वमाथि प्रकास पार्नु भएको थियो । 

Comments