भक्तपुरको लुथांबु सडक कालोपत्रेको माग


बैशाख २३, २०८१, आइतबार | विहान ०२:२७ बजे | 55


भक्तपुरको लुथांबु सडक कालोपत्रेको माग

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक लुथांबु सडक कालोपत्रेको माग गरिएको छ । स्थानीय लुथांबु टोल सुधार समितिले सडक कालोपत्रे गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । 
टोल सुधार समितिका अध्यक्ष केशव सुवालले ऐतिहासिक सडक भएर पनि वेवास्तामा परेको बताए । उनले कालोपत्रेका लागि सडक कार्यालय, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको ध्यानाकर्षण गराए । 
समितिका सचिव श्यामसुन्दर प्रजापतिले यो सडक पुरानो वस्तीको पुरानो सडक रहेको बताए । यो सडक लुथांबुदेखि दार्जलिंग हाइट पुलसम्म पुग्ने छोडो सडक हो । सडक ६ मापदण्डसहित मिटरको चौडाइमा रहेको छ ।
समितिका सदस्य नरेश प्रजापतिका अनुसार सडक कालोपत्रेका लागि प्रक्रियासमेत भइसकेको थियो । तर प्राविधिक त्रुतीका कारण यो सडकलाई भनी छुटाएको बजेट अर्कै सडकलाई पुगेछ । यही कारण यो सडक अहिले पनि ग्राभेलिंगमै सिमित छ । 
यो सडक अरनिको राजमार्गबाट भक्तपुरको सूर्यविनायक (ग्रेस एफएमको अपोजिट नेपाल बैंकसँंगै) को बाटोबाट भित्र प्रवेश गर्ने सडक हो । 

Comments